Friday, October 31, 2025
spot_imgspot_img
Homeराष्ट्रियकोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २२ – आज आइतबार देशका केही पहाडी क्षेत्रमा मौसम अस्थिर देखिएको छ। विशेषगरी कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार, सिक्किम आसपास विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालको पूर्वी भागमा परिरहेको छ, जसका कारण ती क्षेत्रमा मौसम बढी सक्रिय देखिएको हो।

महाशाखाले दिएको पछिल्लो विवरण अनुसार, पाल्पाको कुमालगाउँ वर्षा मापन केन्द्रमा ३७.८ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन मध्यम वर्षाका रूपमा लिइन्छ। अन्य केही स्थानमा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको जानकारी छ।

आज दिउँसो देशका पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी स्थानहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कतिपय स्थानमा मध्यम खालको वर्षा पनि हुन सक्ने सम्भावना छ। आज राति पनि कोशी, मधेश र पहाडी भू–भागमा बादल लाग्ने र केही ठाउँमा वर्षा जारी रहने प्रक्षेपण गरिएको छ।

मौसम कार्यालयले संभावित वर्षालाई मध्यनजर गर्दै पहिरो, बाढी, र सवारी आवागमनमा सतर्कता अपनाउन आग्रह गरेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments