नेपालगन्ज:नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा )को तेस्रो अधिवेशन बाट निर्वाचित पदाधिकारीलाई नेपालगन्ज स्थित होटेल सिद्वार्थ भ्युको सभाहलमा निर्वाचन अधिकृत विश्वजित तिवारीले पद तथा गोपनियताको सफत ग्रहण सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ।
उक्त कार्यक्रम निर्वाचन अधिकृत विश्वजित तिवारीको अध्यक्षता एवं बाँके राष्ट्रिय निकुञ्ज प्रमुख बिरेन्द्र प्रसाद कंडेल लगाएत नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देल नवनिर्वाचित अध्यक्ष डिल्लीराज रेग्मी पर्यटन प्रवर्द्धन मन्च बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ बुद्ध एयरलाईन्स नेपालगन्ज प्रमुख बिनित शाह वरिष्ठ पत्रकार झलक गैरे लगाएत नाट्टा बाँके च्याप्टरका नवनिर्वाचित पदाधिकारी सदस्य एवं साधारण सदस्यहररुको उपस्थितिमा सफतग्रहन एवं प्रमाणपत्र बितरण कार्यक्रम सप्पन्न भएको नवनिर्वाचित महासचिव भागिराम ओलीले बताउनुभयो ।
अध्यक्ष श्रीराम सिग्देलले नवनिर्वाचित अध्यक्ष रेग्मीलाई माईन्युट हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो।
पर्यटन प्रवद्वन मन्च बाँकेका अध्यक्ष श्रेष्ठले नाट्टा च्याप्टर बाँकेले आगामी दिनहरुमा अझै राम्रो काम गर्दै पर्यटक भित्र्याउन आफू र आफ्नो तर्फबाट समेत सहयोगको प्रतिबद्धता संगै नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो साथै यो संस्थालाई यो उचाईसम्म पुर्याउनु आफुले नेतृत्व गरेर यहासम्म पुर्याउने निवर्तमान अध्यक्ष श्रीराम सिग्देललाई धन्यवाद ब्यक्त गर्दै उहाँले पर्यटन प्रवद्वन गर्न उहाँले पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गरिएको र आगामी दिनहरुमा उहाँले शुरु गरेका राम्रो कामहरुलाई निरन्तरता दिनुपर्नेमा आफू सम्बद्व संस्थाको तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभयो ।
प्रमुख अतिथी बिरेन्द्र प्रसाद कंडेलले बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न चार प्रकारका पर्यटकलाई भित्र्याउन बाँके राष्ट्रिय निकुन्ज सधैं तत्पर रहनुका साथै बाँके राष्ट्रिय निकुञ्जले नाट्टा च्याप्टर बाँकेले पर्यटन सम्बन्धि कुनैपनी गतिविधि गरेमा सधैं सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै चार प्रकारका पर्यटन मध्ये पर्यापर्यटन,साहसिक पर्यटक,धार्मिक पर्यटन र कृषि जैविक विवेकता पर्यटन को माध्यम बाट पर्यटन मार्फत आर्थिक समृद्धि गर्न बाँके राष्ट्रिय निकुञ्जले आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष डिल्लीराज रेग्मीले सफलता पुर्वक निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृत लगाएत तेस्रो अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने महानुभावलाई धन्यवाद ब्यक्त गर्दै आफू र आफ्नो टिमले नाट्टा च्याप्टर बाँकेलाई आफ्नो दक्षताले भ्याएसम्म उत्कृष्ट बनाउनुका साथै माईन्युट बुझबुझार्थ गर्दै निवर्तमान अध्यक्ष श्रीराम सिग्देललाई धन्यवाद ब्यक्त गर्दै उहाँले शुरु गर्नुभएको कामहरुको निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अन्तमा सबैलाई धन्यवाद ब्यक्त गर्दै निर्वाचन गराउन सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दै निर्वाचन अधिकृत एक सभाअध्यक्ष विश्वजित तिवारीले कार्यक्रम समापन गर्नुभएको थियो। उक्त कार्यक्रमको महासचिव भागिराम ओलीले संचालन गर्नुभएको थियो।
कार्यक्रमका महत्वपूर्ण तस्वीर…