Sunday, December 21, 2025
spot_imgspot_img
Homeसमाजकृषिकोहलपुर महोत्सव सफल बनाउन १५ वटै वडाध्यक्षहरूको सामूहिक प्रतिबद्धता

कोहलपुर महोत्सव सफल बनाउन १५ वटै वडाध्यक्षहरूको सामूहिक प्रतिबद्धता

कोहलपुर । कोहलपुर महोत्सव-२०८२ लाई भव्य रुपमा सफल बनाउन कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडाध्यक्षहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न छलफल कार्यक्रममा बोल्दै वडाध्यक्षहरूले महोत्सवलाई नगरको साझा उत्सवका रूपमा स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय र सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा सहभागी वडाध्यक्षहरूले महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गरे । उनीहरूले स्थानीय उत्पादनको प्रवर्द्धन, नागरिक सहभागिता तथा समुदायस्तरको सहकार्यलाई प्राथमिकतामा राखेर महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन ।

स्थानीय उद्यमी तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने खालका गतिविधिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै सहभागीहरूले स्थानीय वस्तु, कृषि उपज, हस्तकला तथा परम्परागत खानाको पहिचान र प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

छलफल कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदिप भट्टराईले महोत्सव सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले स्थानीय जनप्रतिनिधिहरूको साझा प्रतिबद्धताले कोहलपुर महोत्सव–२०८२ लाई सफल र अनुकरणीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै वडाध्यक्षहरूको सक्रियताप्रति खुशी व्यक्त गरे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments