Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा एमाले–रास्वपा भिडन्तबीच नेकपाको ‘सर्जिकल स्ट्राइक’

बाँके–३ मा एमाले–रास्वपा भिडन्तबीच नेकपाको ‘सर्जिकल स्ट्राइक’

खजुरा। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नम्बर–३ यतिबेला देशकै चासोको केन्द्र बनेको छ। विगतमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी को प्रभाव क्षेत्र मानिएको यो भू–भागमा यसपटक समीकरण नाटकीय रूपमा फेरिन सक्ने संकेत देखिएको छ।
यस पटकको चुनावी मैदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपक जिएमको प्रवेशले पुराना शक्ति समीकरणलाई सीधै चुनौती दिएको छ।चुनावको सुरुआती चरणमा प्रतिस्पर्धामा कमजोर देखिएको नेकपा अहिले भने मुख्य प्रतिस्पर्धी दलका लागि टाउको दुखाइ बनेको छ।
दीपक जिएमले सञ्चालन गरेको आक्रामक घरदैलो अभियान, निरन्तर जनसम्पर्क र मुद्दा–केन्द्रित बहसले मतदातामा प्रभाव जमाएको देखिन्छ।
स्थानीय राजनीतिक वृत्तमा चर्चा छ— “गढ ठानिएको क्षेत्रमा यसपटक खेल उल्टिन सक्छ।”
एमालेभित्र मत विभाजनको जोखिम ? राजनीतिक विश्लेषकहरूका अनुसार एमालेभित्रको असन्तुष्टि र आन्तरिक शक्ति संघर्षले मत विभाजन हुने जोखिम बढाएको छ।
यदि परम्परागत मत एकीकृत हुन सकेन भने त्यसको सीधा लाभ नेकपालाई पुग्ने अनुमान गरिएको छ।
रास्वपाले युवा मतदातालाई आकर्षित गर्ने प्रयास गरे पनि संगठनात्मक मजबुतीको परीक्षा बाँकी नै छ।
घोषणा–पत्र : नाराभन्दा कार्ययोजना
दीपक जिएमले सार्वजनिक गरेको चुनावी घोषणा–पत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद, पर्यटन र सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ।
उनले प्रत्येक वडामा स्वास्थ्य सेवा विस्तार, विद्यालय सुधार, सुरक्षित खानेपानीको पहुँच, युवामैत्री खेल पूर्वाधार र ग्रामीण सडक स्तरोन्नतिको स्पष्ट योजना अघि सारेका छन्।
घोषणा–पत्रलाई मतदातामाझ ‘कामको दस्तावेज’का रूपमा प्रस्तुत गरिएको छ। चुपचाप बदलिँदैछ भित्री माहोल बाँके–३ का बजार, गाउँ र चिया चौतारामा खुलेर चर्चा हुन थालेको छ— “यसपटक परिणाम अप्रत्याशित हुन सक्छ।”मतदाता सार्वजनिक रूपमा मौन देखिए पनि भित्री रूपमा समीकरण बदलिँदै गएको संकेतहरू मिलिरहेका छन्।
यदि यही लय कायम रह्यो भने बाँके–३ को नतिजाले राष्ट्रिय राजनीतिक सन्तुलनमै प्रभाव पार्ने सम्भावना राजनीतिक वृत्तमा चर्चित छ।
अब अन्तिम प्रश्न — गढ जोगिने कि इतिहास बदलिने ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments