Sunday, March 22, 2026
spot_imgspot_img
Homeस्थानीयमानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कोहलपुरमा अन्तर्क्रिया सम्पन्न

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कोहलपुरमा अन्तर्क्रिया सम्पन्न

नेपालगन्ज – बाँकेको कोहलपुरमा वन्यजन्तु व्यवस्थापन, उद्धार तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि व्यवहार परिवर्तनसम्बन्धी एक दिवसीय छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सञ्चारिका समूह, कोहलपुरको आयोजना र डिभिजन वन कार्यालय, बाँकेको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न र समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले वन र वन्यजन्तुको संरक्षणसँगै मानव समुदायको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

“हाम्रो वडा र वरपरका क्षेत्रहरू वनसँग जोडिएकाले वन्यजन्तुको जोखिम सधैं रहन्छ उनले भने वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय सरकारले पनि पहल गरिरहेको छ । तर, यसका लागि समुदाय आफैं सचेत हुन र आफ्नो बानीव्यहोरामा परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाई रहेको थियो । वन कार्यालय र स्थानीय समुदायबीचको समन्वयले मात्रै यो द्वन्द्व कम गर्न सकिने उनले बताए ।

उक्त कार्यक्रमका मुख्य प्रशिक्षकको रूपमा बोल्दै डिभिजन वन कार्यालय कोहलपुरकी प्रमुख बन्दना रानाले प्राविधिक पक्षमाथि प्रकाश पार्दै वन्यजन्तुको प्राकृतिक बासस्थानमा हुने अवरोधका कारण द्वन्द्व बढ्ने गरेको उल्लेख गरेकि थिइन् । उनले वन्यजन्तु गाउँ पसेमा तत्काल अपनाउनुपर्ने सावधानी, उद्धारका प्रक्रिया र सरकारले प्रदान गर्ने राहतका प्रावधानबारे सहभागीहरूलाई विस्तृत जानकारी दिएकी थिइन् ।

कोहलपुर नगरपालिका वडा नं. ९ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय सामुदायिक वनका प्रतिनिधि, संरक्षणकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले वन्यजन्तुका कारण बालीनाली र जीउधनमा हुने क्षतिबारे आफ्ना जिज्ञासा र समस्याहरू राखेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments