Tuesday, March 24, 2026
spot_imgspot_img
Homeसमाजबैजनाथ २ गुनापुरमा शुद्ध खानेपानी सेवा सञ्चालन

बैजनाथ २ गुनापुरमा शुद्ध खानेपानी सेवा सञ्चालन

बैजनाथ, बाँके ।
बाँके बैजनाथ सरसफाइ तथा खानेपानी उपभोक्ता समिति गुनापुरद्वारा निर्माण सम्पन्न भएको खानेपानी आयोजना अन्ततः सञ्चालनमा आएको छ। आइतबार Raju Ruchal Thakuri को प्रमुख आतिथ्यमा धारा खोली औपचारिक रूपमा पानी उद्घाटन गरिएको हो।
जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाँकेका अध्यक्ष Bhadra Prasad Devkota को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा परिसर सरसफाइ गरिएको थियो। त्यसपछि अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रूपमा गुनापुरस्थित धारामा पानी खोली उद्घाटन गरेका थिए।
निर्माण सम्पन्न भएको करिब पाँच वर्षपछि मात्रै स्थानीय बासिन्दाले शुद्ध खानेपानी सेवा पाउने भएका छन्। आर्थिक अभावका कारण आयोजना लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन। करिब १,५०० मिटर पाइप स्टकमा रहे पनि बजेट अभावकै कारण जडान तथा विस्तार कार्य प्रभावित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्षले जानकारी दिए।
कार्यक्रममा डिभिजन खानेपानी कार्यालय बाँकेका इन्जिनियरले आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए। प्रमुख अतिथि वडा अध्यक्ष रुचालले समेत स्थानीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन आफूले पहल गर्ने बताएका छन्।
आयोजना सञ्चालनमा आएसँगै गुनापुर क्षेत्रका स्थानीयवासीमा खुशी छाएको छ। अब नियमित र शुद्ध खानेपानी सेवा सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments