नेपालगञ्ज , बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको हो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, सेवा प्रवाह सुधार तथा स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।अल्पसंख्यक, सिमान्तकृत, अति सिमान्तकृत र दलित समुदाय समुदायका किशाेरीहरूलाइ शिक्षा, र उल्लेखित समुदायलाइ स्वास्थ्य तथा कृषिमा विशेष व्यवस्था गर्दै अाएका छाैं । शाखा प्रमुख तथा अध्यक्षकाे राखेका थिए ।
बैठकमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका तथा नागरिक समाजसँग सम्बन्धित विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। साथै, स्थानीयस्तरमा जनतालाई प्रभावकारी सेवा प्रदान गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।
कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूले हस्ताक्षर गर्दै बैठकका निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलबस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए ।
माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत समुदायको सशक्तिकरणका लागि काम गर्ने निगमले बताउनुभयो । मधेश मानव अधिकार गृह (माहुरी होम) का केन्द्रीय अध्यक्ष राम दयाल ठाकुर ले माहुरी होमले मधेशी, अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला र मुस्लिम लगायतको मानव अधिकारको संरक्षण, संबद्र्धन र सम्मानमा काम गरिरहेको जनाउँदै सो कार्यमा जनप्रतिनिधि र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । मधेश मानव अधिकार गृह (माहुरी होम) का सल्लाहकार दिनेश चन्द त्रिपाठी , मधेश मानव अधिकार गृह (माहुरी होम) का सदस्य सीता चाैधरीलगायतको सहभागीता रहेको छ ।
संरक्षण परियोजना पिबिआई नेपालको सहयोगमा बाँके, दाङ र कपिलवस्तुमा सञ्चालित छ । माहुरी होमका बाँके जिल्ला अध्यक्ष एवम् संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले बताउनुभयो । उहाँले माहुरी होमले सञ्चालन गरेको संरक्षण परियोजना अन्तर्गत अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान तथा सामाजिक न्याय प्राप्तिको अवस्था विषयक बैठक आयोजना गरिएको बताउनुभयो।बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
नेपालगञ्ज , बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको हो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, सेवा प्रवाह सुधार तथा स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।अल्पसंख्यक, सिमान्तकृत, अति सिमान्तकृत र दलित समुदाय समुदायका किशाेरीहरूलाइ शिक्षा, र उल्लेखित समुदायलाइ स्वास्थ्य तथा कृषिमा विशेष व्यवस्था गर्दै अाएका छाैं । शाखा प्रमुख तथा अध्यक्षकाे राखेका थिए ।
बैठकमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका तथा नागरिक समाजसँग सम्बन्धित विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। साथै, स्थानीयस्तरमा जनतालाई प्रभावकारी सेवा प्रदान गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।
कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूले हस्ताक्षर गर्दै बैठकका निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलबस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए ।
माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत समुदायको सशक्तिकरणका लागि काम गर्ने निगमले बताउनुभयो । मधेश मानव अधिकार गृह (माहुरी होम) का केन्द्रीय अध्यक्ष राम दयाल ठाकुर ले माहुरी होमले मधेशी, अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला र मुस्लिम लगायतको मानव अधिकारको संरक्षण, संबद्र्धन र सम्मानमा काम गरिरहेको जनाउँदै सो कार्यमा जनप्रतिनिधि र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । मधेश मानव अधिकार गृह (माहुरी होम) का सल्लाहकार दिनेश चन्द त्रिपाठी , मधेश मानव अधिकार गृह (माहुरी होम) का सदस्य सीता चाैधरीलगायतको सहभागीता रहेको छ ।
संरक्षण परियोजना पिबिआई नेपालको सहयोगमा बाँके, दाङ र कपिलवस्तुमा सञ्चालित छ । माहुरी होमका बाँके जिल्ला अध्यक्ष एवम् संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले बताउनुभयो । उहाँले माहुरी होमले सञ्चालन गरेको संरक्षण परियोजना अन्तर्गत अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान तथा सामाजिक न्याय प्राप्तिको अवस्था विषयक बैठक आयोजना गरिएको बताउनुभयो।