Saturday, April 11, 2026
spot_imgspot_img
Homeराष्ट्रियनेपालगन्ज–दिल्ली दैनिक बस सेवा सञ्चालन, पर्यटनमा सहजता

नेपालगन्ज–दिल्ली दैनिक बस सेवा सञ्चालन, पर्यटनमा सहजता

बाँके, कोहलपुर : नेपालगन्ज–कोहलपुर हुँदै भारतको राजधानी दिल्लीसम्म दैनिक बस सेवा सञ्चालनमा आउने भएको छ। यस सेवाले नेपाल–भारत आवतजावत गर्ने यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
नमस्ते नेपाल यातायात व्यवसायी संघका अध्यक्ष निम बहादुर चलाउनेले नेपाली नागरिकका लागि यो सेवा खुसीको विषय भएको बताउनुभयो। उहाँका अनुसार बिरामीहरूलाई दिल्लीमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि जान–आउन सहज हुने छ। साथै, यसले दुवै देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले बाँके राष्ट्रिय निकुञ्ज लगायत बाँके र बर्दिया क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत बस सेवाले टेवा पुर्‍याउने बताउनुभयो। भारतीय पर्यटकलाई नेपाल भित्र्याउन प्रचारप्रसारलाई प्रभावकारी बनाइने उहाँको भनाइ छ।
यसैगरी कृष्णसार यातायात व्यवसायी संघका अध्यक्ष रबि मल्लले सिल्पर, भिआइपी सोफा सिटर तथा वातानुकूलित (एसी) सुविधासहितको लग्जरी बस सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। बसमा ४५ सिट र ४ वटा सिल्पर बेडको व्यवस्था गरिएको छ।
करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा तयार गरिएको उक्त बस सेवाले व्यवसायी तथा सर्वसाधारण यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
नेपालगन्ज–दिल्ली दैनिक बस सेवा सुरु भएसँगै सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन तथा स्वास्थ्य सेवामा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments