Friday, April 24, 2026
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुर–नेपालगन्जदेखि दिल्लीसम्म सिधा एसी बस बुकिङ सुरु

कोहलपुर–नेपालगन्जदेखि दिल्लीसम्म सिधा एसी बस बुकिङ सुरु

बाँके। कोहलपुर–नेपालगन्जबाट भारतको राजधानी Delhi सम्म दैनिक लग्जरी एसी बस सेवा सञ्चालनमा आउने भएको छ। नेपाल–भारत आवतजावतलाई सहज बनाउने उद्देश्यले नमस्ते नेपाल यातायात व्यवसायी संघ र कृष्णसार यातायात व्यवसायी संघको सहकार्यमा सेवा सुरु गर्न लागिएको हो।
नमस्ते नेपाल यातायात व्यवसायी संघका अध्यक्ष निम बहादुर चलाउनेका अनुसार यो सेवा नेपाली नागरिकका लागि खुसीको खबर भएको बताउनुभयो। विशेषगरी बिरामीहरूलाई उपचार तथा नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जान–आउन सहज हुने उहाँको भनाइ छ। “अब कोहलपुर–नेपालगन्ज क्षेत्रबाट सिधै दिल्ली पुग्ने दैनिक सुविधा उपलब्ध हुनेछ, जसले समय र खर्च दुवै बचत गर्नेछ,” उहाँले भन्नुभयो।
कृष्णसार यातायात व्यवसायी संघका अध्यक्ष तथा बस व्यवसायी रवि मल्लका अनुसार करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न बस तयारी अवस्थामा रहेको छ। बसमा ४५ वटा लग्जरी एसी सिट र ४ वटा स्लिपर सुविधा रहेका छन्। पूर्ण रूपमा वातानुकूलित बसमा ‘भिआइपी सोफा सिटर’ जस्ता सुविधाले यात्रुलाई आरामदायी यात्रा अनुभव प्रदान गर्ने जनाइएको छ।
यो सेवा आगामी मे १ तारिख (वैशाख १८ गते), गौतम बुद्ध जयन्ती तथा पूर्णिमाको अवसर पारेर सञ्चालनमा ल्याइने नमस्ते नेपाल यातायात व्यवसायी प्रा.लि. कोहलपुरका अध्यक्ष निरज चलाउनेले जानकारी दिनुभयो।
यस सेवाले Banke National Park र Bardiya National Park जस्ता पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। साथै, सीमा क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
बस सेवा सुरु भएसँगै व्यापारी, विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक आवतजावतमा थप सहजता मिल्ने भएको छ। सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा प्राविधिक तयारी पूरा भइसकेको जनाउँदै व्यवसायीहरूले सेवा छिट्टै नियमित तालिकासहित सञ्चालनमा ल्याइने बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments