Monday, April 27, 2026
spot_imgspot_img
Homeसमाजशिक्षाबैजनाथका सामुदायिक विद्यालयमा कक्षा १–३ मा अंग्रेजी माध्यम लागू

बैजनाथका सामुदायिक विद्यालयमा कक्षा १–३ मा अंग्रेजी माध्यम लागू

बाँके, बैजनाथ — बैजनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ महत्वपूर्ण निर्णय गरेको छ। गाउँ शिक्षा समितिको बैठकले गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु  प्रसाद ढकालले बताउनुभएको हो।
यस निर्णयसँगै अब प्रारम्भिक तहदेखि नै विद्यार्थीहरूलाई अंग्रेजी भाषामा शिक्षा प्रदान गरिनेछ। यसले विद्यार्थीहरूको भाषा सीप, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय निजी विद्यालयतर्फ बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न यस्तो पहल गरिएको हो।
गाउँ शिक्षा समितिका अनुसार अंग्रेजी माध्यम कार्यान्वयनका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि, आवश्यक तालिम, पाठ्यपुस्तक तथा सिकाइ सामग्रीको व्यवस्थापन गरिनेछ। साथै, कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्यांकनलाई पनि प्राथमिकता दिइने बताइएको छ।
अभिभावक, शिक्षक तथा सरोकारवालासँग समन्वय गर्दै लागू गरिने यो निर्णयलाई स्थानीय स्तरमा शिक्षामा सुधार ल्याउने सकारात्मक कदमका रूपमा हेरिएको छ। यसको सफल कार्यान्वयनसँगै सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढ्ने गाउँपालिकाले अपेक्षा गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments