Thursday, February 6, 2025
spot_imgspot_img
Homeस‌स्कृतिकलाबहिरा र अपांगलाई आत्मनिर्भर बनाउदै : रेरि बाँके

बहिरा र अपांगलाई आत्मनिर्भर बनाउदै : रेरि बाँके

बैजनाथ सम्बादाता
आईतवार ४ असोज

बाँकेको बैजनाथ गाउँपालिका वडा न.१ चिसापानी स्थित आइतबार रेरि बाँके र परिलक्षितको साझेदारीमा अपाङ्ग र अशक्त ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले छ महिने सिलाई कटाई तालिम पश्चात आईतवार बैजनाथ गाउँपालिका उप प्रमुख शारदा बि क र बैजनाथ १ का वडाअध्यक्ष रुप बहादुर मल्ल को आतिथ्यमा रेरि बाँकेका अध्यक्ष पुनित बिक्रम शाह को अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको हो रेरि बाँकेले असाय र अपांगहरुको सहारा बन्दै आएकोमा वडा अध्यक्ष रुप बहादुर मल्लले बताए सफलतापुर्बक तालिम सिकेकोमा शुभकामना समेत व्यक्त गरेका छन् ।
उक्त ६ महिने तालीम सफलता पुर्बक सप्पन्न गरेका ५ जनालाई गाउँपालिका उपाध्यक्ष बि क र वडा अध्यक्ष मल्लले दोसल्ला ओडाएर प्रमाणपत्र सिलाई मेसिन हस्तान्तरण गरिएको छ।हस्तान्तरण गरेलगत्तै उपाध्यक्ष बि क ले सफलताको शुभकामना दिए। महत्त्वपूर्ण कार्यक्रममा आएर स्थानीय सरकारले सामाग्री उपलब्ध गरेकोमा अध्यक्ष शाहले धन्यवाद दिनुका साथै उक्त ५ जना अब आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । रेरि बाँकेले बिगत देखि नै यस्ता कार्य गर्दै आएको अध्यक्ष शाहले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments