बारा , ५ मंसिर
तराई मधेसबासीको बडो श्रद्धा , भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व आज शुक्रवार अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर मनाइँदै छ । चार दिन सम्म मनाइँने यस कठिन छठ पर्व भोली शनिवार उदाउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिए पश्चात सम्पन्न हुँने छ ।
तर , कोभिड–१९ कोरोनाको कहरका कारण यस वर्षको सम्पूर्ण चार्ड पर्व भने प्रभावित बनेको छ । कोरोना कहर नियन्त्रण कै लागि मुलुकको जिल्ला प्रशासनले नदि , ताल तलैया लगायतका जलासयमा छठ पर्व नमाई आ–आफ्नों घर मैं पर्व मनाउँन आग्रह गरेको छ ।
छठ पर्वको पहिलो दिन बुधवार नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन बिहिवार रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिईएको छ । शनिवार भोली भने बिहान उदाउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर समापन हँुने छ ।
सत्य र अहिंसा प्रति सहानु भुति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको चार्ड छठ पर्व सबै जातजाती , भाषा भाषीले साझा रुपमा मनाउँने गर्दछन् । सूर्य उपहासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यलाई अध्र्य दिने गरिन्छ ।
छठ पर्व सुख , शान्ति , समृद्धि , पुत्र प्राप्ति तथा मनोकमना पुर्तिका लागि गर्ने गरिएको धार्मिक आस्था रहेको छ ।
छठपर्व बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर वडा नं.७ स्थित रातोपुल , बकुलिया , केराढोका , टेंढारोड् , बजनी , सिमरा , पथलैया , सदरमुकाम कलैया स्थित रामजानकी मन्दिर , सिद्धेश्वर मन्दिर , कलैया गाउँ , बरेवाका साथै बेलहियाँ , प्रस्टोका , सिम्रौनगढ , बरियारपुर , फेंटा , प्रसौनी , मोतिसर , गंजभवानीपुर , निजगढ , पर्साको बिरगंज स्थित घरियर्वा पोखरी , केहुनियाको तिलावे पुल स्थित नदी , पोखरीया लगायत , सर्लाही , जनकपुर लगायतको विभिन्न जिल्लाहरुमा नैं भक्तजनले कोरोना सक्रमणलाई मध्य नजर गर्दै सामाजिक दुरीका बिच छठ पर्व मनाईरहेका छन् ।
छठ पर्वका लागि यस क्षेत्रका छठ व्रतालुहरुले पूजा सामग्रीको तैयारी गरी आज मध्य रात देखि गहुँको पिठोबाट खजुरी , ठेकुवा लगायतका प्रशादका परिकारहरु बनाएका थिए ।