बाँके:बैजनाथ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने ७९/७० बर्षका जेष्ठ नागरिकहरुलाई फाईबर सिरक बितरण गरिने भएको छ।
बैजनाथ १ देखि ८ वडासम्मका जेष्ठ नागरिकलाई बैजनाथ गाउँपालिका कार्यपालिकाको निर्णय अनुसार आर्थिक बर्ष २०८१/०८२ को बजेट अनुसार फाईबर सिरक बितरण गरीने भएको हो।
माघ ६ गते आईतवार बैजनाथ १ चिसापानी देखि बितरण शुरु गरिने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकालले जानकारी दिनुभयो ।
आईतवार माघ ६ गते बिहान १० बजे चिसापानी बाट बितरण शुरु गरिने छ।गत बर्ष ७० र ७१ बर्षका ६७५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।सोही दिन बैजनाथ गाउँपालिका वडा नम्बर १,२,३ र ४ मा बितरण गरिने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जेष्ठ नागरिक हाम्रा अभिभावक हुनुहुन्छ, त्यसैले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक बर्ष फरक उमेर समुहका जेष्ठ नागरिकलाई सम्मान स्वरुप फाईबर सिरक बितरण गर्ने बताउनुभयो ।