Thursday, February 6, 2025
spot_imgspot_img
Homeसम्पादकियसफलताकाे कथाबैजनाथ १ का बिकाशप्रेमी वडा अध्यक्ष रुप बहादुर मल्ल

बैजनाथ १ का बिकाशप्रेमी वडा अध्यक्ष रुप बहादुर मल्ल

कुशल दलामि
आइतबार ७ कात्तिक

बाँकेको बैजनाथ गाउँपालिका वडा न.१ का अध्यक्ष रुप बहादुर मल्ल बिकाशे कामका  कारण चर्चामा आउने गरेका छन् ।
मल्ल निर्बाचित भए लगतै आफ्नो वडा बासी नागरिकहरुलाई कसरि सहज र समस्याहरु बाट मुक्त गर्न सकिन्छ त्यसतर्फ लागीपरेका छन् ।स्थानीय नागरिक को सेवाका लागी आफु निर्वाचित भएको बताउँछन् ।मल्ल नियम कानुन पछि पालना गर्दै गरौंला कुनै कानुनी समस्या भए आफु अगाडि जान्छु तर नागरिकलाई सेवा कसरी सहज बनाउन र उनीहरुको सहजताका लागी आफु सधैं तत्पर रहेको बताउछन् ।
वडा अध्यक्ष मल्ल योजना सप्पन्न भएर मात्र हुँदैन कत्तिको मजबुत र दीर्घकालीन काम भएको छ त्यसतर्फ ध्यान दिने गरेको बताउछन् ।
चिसापानी माथिल्लो करेली निकुञ्जसँग जोडिएको जग्गामा जाङ्गली जनावर बाट क्षती हुन थालेपछि २५ लाख को तारबारको काम सम्पन्न गरियो।महादेव मन्दिर लाई धर्म संस्कृतिको संरक्षणका लागी ५ लाखको लागतमा मन्दिर निर्माण गरियो र २ लाखको मुल भित्री सडक ग्राबेल गरिएको छ।बिच करेलीमा २३ लाख को  पक्की नाली निर्माण सम्पन्न भएको छ।तल्लो करेलिमा १५ लाख १२ लाख र ५ लाखको नयाँ फास्ट ट्रयाक सडक खोलेर निर्माण सम्पन्न गरिएको छ।
रत्नराजमार्ग देखी सुर्योदय माध्यमिक बिद्यालय सम्म आउने जाने सडक रु १० लाख १५ लाख र २५ लाखमा निर्माण गरियो भने सोहि सडकमा ५ लाखको कल्पट र करेलिमा ४ लाखको तटबन्ध निर्माण सम्पन्न गरिएको छ।
बिचटाेल गाउँमा शाखा सडकहरु १० लाखमा ग्राबेल सप्पन्न गरिएको छ।
वडा कार्यालय घेराबार तारबार सहितको २७ लाख कबर्डहल १२ लाखमा निर्माण चिसापानी बजारक्षेत्र नजिज बाल उत्थान ११ लाख ५० हजारमा निर्माण मानखोला तटबन्ध ५ लाखको अव्यवस्थित पशु ब्यवस्थापनका लागी टहरा निर्माण तथा घेराबार खुल्ला चौपाया ब्यवस्थापन सहित ९ लाख मुलटारि च्यामा कालोपत्र ४७ लाख १४ लाखमा कल्पट निर्माण माथिल्लो थारु गाउँ १२ लाखको कल्पट निर्माण च्यामा मानखोला नजिक नयाँ सडक ग्राबेल ५ लाख कल्पट निर्माण ५ लाख त्यसैगरी च्यामा हरियाली प्रतिक्षालय निर्माण ३ लाख गाभर सामुदायिक भवन ३ लाख ५० हजार ग्राबेल ५ लाख लाईन्सपार्क घेराबार २५ लाखमा फुटबल फिल्ड निर्माण  बोरिङ समर्सियल २ लाख गाभर रत्नराजमार्गदेखी गाभर अन्तिमसम्म ग्राबेल ४ लाख र रत्नराजमार्ग देखि पिपलचौतारा सम्म सडक निर्माण २० लाख चिसापानी बजार देखी बलबिर बुढा को घर सम्म जनजागरण स्कुल जाने सडक च्यामा दैती स्कुलको माथी बाटो मर्मत ६० हजार किसानलाई कृषि मोटर पम्पसेट बितरण ३ लाख कृषकलाई सहकारी मार्फत धानको बिउ बितरण ९ लाख नयाँ बाटो सल्यानि टाेलमा ८ लाख रत्नराजमार्ग देखी अस्ट्रच फर्म जाने बाटो मर्मत तथा होमपाईप २ लाख ५० हजार तल्लो करेली कचबेन सडक सिमेन्टको पक्की बनाएको ३ लाख चिसापानी मेडिकल कलेज जाने सडक ४ लाखमा नाली निर्माण वडा कार्यालय परिसरमा माटाे पटान ४ लाखमा निर्माण सम्पन्न च्यामा नयाँ बाटो २ लाख वडा कार्यालय भवनको जाली मर्मत ५० हजारमा कार्य सम्पन्न गरिएको छ भने सबै कार्यहरू स्थानीय उपभोक्ता समिती मार्फत निर्माण गरिएको हो भने एक दुई वटा कालोपत्र सडक ठेक्का मार्फत निर्माण कम्पनीले काम गरेको हो।
वडा सदस्य गोरख बहादुर बुढालाई जिम्मेवारी करेली,तल्लो करेली माथिल्लो करेली आरक्ष टाेलमा निर्माण हुने पुर्बाधार बिकाशमा जिम्मेवारी पाएका छन् ।
कार्यपालिका सदस्य संगिता सुनारको जिम्मेवारी चिसापानी थारु गाउँ र रारा बस्तीको जिम्मेवारी लिएका छन् ।
काली कोउला बुढालाई सल्यानी टाेल,शाह टाेल,रोकाय टाेल,जुम्ली टाेल र डल्लिचौर को जिम्मेवारी प्रदान गरिएको छ।
भर्थरी थारु च्यामा गाउँ मुलाटारि,चिसापानी बजार पानी ट्यान्कि आदिको जिम्मेवारी पाएका छन् ।
आगामी दिनहरुमा संघ र प्रदेश बाट सक्दो बजेटको ब्यवस्थापन गरेर आफ्नो वडालाई नमूना बनाउने योजनामा बैजनाथ १ का अध्यक्ष लगाएत सम्पुर्ण टिम नागरिकहरुको गुनासो गर्ने ठाँउमात्र नभएर जो स्थानीय नागरिक बोल्न सक्दैनन् त्यस्तो गाउँको विकाशलाई प्राथमिकता दिईएको अध्यक्ष रुप बहादुर मल्लले बताएका छन् ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments