बैजनाथ समाचारदाता
आइतबार ७ कात्तिक
बाँके जिल्ला बैजनाथ गाउँपालिकामा आईतबार सामुदायिक बिद्यालयका प्र.अ.निजि बिद्यालय ऐन प्याब्सन,प्याब्सन का प्रतिनिधि शिक्षक संगठनका अगुवा लगाएत बसेको बैठकले नेपाल सरकार स्वास्थ मन्त्रालयले तोकेको मापदण्ड अपनाई नियमित पठन पाठन शुरु गर्न सकिने सम्भावना भएकोले स्थानीय सरकारलाई जिम्मेवारी लिएर शैक्षिक संस्था सुचारु गर्न सकिने आइतबारको बैठकले निर्णय पारित गरेको छ।
आइतबार बसेको बैठकमा जसरी स्थानीय सरकारले महामारी कोभीड:१९ देखिए त्यसको सम्पुर्ण जिम्मेवारी बैजनाथ गाउँपालिका स्थानीय सरकारले लिए बिद्यालय संचालन गर्न तयार भएको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बैजनाथ ६ का प्र.अ.पहलमान ओलिले बताउनु भयो।
सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीलाई निरन्तर सेवा सुबिधा प्रदान गरिरहेको छ भने निजि बिद्यालय का शिक्षक कर्मचारीहरु लामो बन्दको प्रत्येक्ष प्रभाव परेको छ ।बिद्यार्थिहरुलाई भने एक बर्ष नोक्सान हुने देखिन्छ ।
बैजनाथ गाउँपालिकामा शैक्षिक संस्था खोल्ने बारे सोमबार दिउँसो २:०० बजे बैठक बस्ने छ बैठकपछि मात्र शैक्षिक संस्था खोल्ने नखोल्ने बारे निर्णय हुने गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताउनु भयो।