बैजनाथ समाचारदाता
आईतवार ७ कात्तिक
बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ बनकटवा पुर्ब पश्चिम महेन्द्र राजमार्ग स्थित आइतबार बेलुका करिब ५:१५ बजेको समयमा बाँके जिल्ला कोहलपुर नगरपालिका २ निवासी बर्ष ५५ का रुद्रबिर क्षेत्रीले चलाएको लु ६२ प ६५८१ नम्बरको मोटरसाइकल पश्चिम देखि पुर्बतर्फ जाँदै र पुर्ब देखी पश्चिम तर्फ आईरहेको जिल्ला दाङ तुलसीपुर उप महानगरपालिका ७ बस्ने बर्ष दिनेश पोखरेल चलाएको से ६ प ३३७५ नम्बरको मोटरसाइकलले बिपरित दिशा बाट गईरहेको लु ६२ प ६५८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रुद्रबिर क्षेत्री गम्भीर घाईते भएका छन् भने निजले चलाएको मोटरसाइकलमा सवार बर्ष ४८ का प्रेम कुमारी खड्का सामान्य घाइते साथै से ६ प ३३७५ को मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगर पालिका ७ बस्ने बर्ष २१ को बर्षात योगि सामान्य घाईतेलाई उपचारका लागी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाएको छ ।
दुर्घटनामा भएका दुबै मोटरसाइकल वारदातमा उपस्थित सम्झना प्रहरी चौकीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको सम्झना प्रहरी चौकी का ईन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश बि क ले जानकारी दिए।