बैजनाथ,पेडारी–८,मंसिर
बाँकेको बैजनाथ गाउँपालिका ७ पेडारीमा पहिलोपटक सडक कालोपत्र हुँदा स्थानीय हर्शित भएका छन् ।
देशमा संघीयता आएको करिब ४ बर्षपछि स्थानीय सरकारले हरेक बर्ष एउटा वडामा गौरवको योजना मार्फत सडक कालोपत्र गर्ने क्रममा यसपटकको बजेट बाट बैजनाथ ७ नम्बर वडा पेडारी लाई प्राथमिकता दिएपछि उक्त सडक कालोपत्र भएको हो । लामो समयदेखि सडकमा हिलोधुलो हुने सो बाटो कालोपत्रे भएपछि स्थानीय हर्षित भएको देउता प्रशाद थारुले बताए । स्थानीय वडा का जनप्रतिनिधि प्रत्येक दिन ‘आफुहरु गएर प्रत्येक्ष पुरै २४ घन्टा आफुहरुले पालो पालो गरेर सम्पुर्ण कामको अवधिभर पुर्ण समय दिएर निगरानीमा लागी परेको स्थानीय बैजनाथ ७ का वडा सदस्य कैन्हैयालाल थारु र गोपाल थारुले बताउनु् भयो । दुई दिन आफै अध्यक्ष सिताराम थारु सहभागी भएको त्यस कारण काम गुणस्तरीय भएको दाबी गरेका छन् । गाउँपालिका बाट प्राप्त २५ लाख बजेटमा निर्माण भैरहेको उक्त सडक निर्माण गर्ने जिम्मा हरि बहादुर पुन (ज्द्यए) कन्ट्रक्सन एन्ड सप्लायर्स ले जिम्मेवारी पाएको हो भने निर्माण कम्पनी का संचालक भुपेन्द्र पुन भन्छन् ः ‘हामीले स्थानीय स्तरमा जतिपनी निर्माणको काम गरेका छौं ति सबै गुणस्तरीय काम गरेका छौँ जुन बैजनाथ ७ पेडारीमा कुल ३२५ मि कालोपत्र सडकको गुणस्तरको हकमा गाउँपालिकाको मापदण्ड अनुसार सबसेस १० से.मि बेश १५ से.मि.कालोपत्र सिलकोट सहित २ से.मि. मा पुर्ण रूपमा गुणस्तरीय कार्यगरेको बताए का छन्’ ।पुन भन्छन् स्थानीय गाउँपालिका भित्र जति पनि निर्माण का काम आफ्नो कम्पनीले गरेको छ सबै गुणस्तरीय भएको बताए ।झनै बैजनाथ ७ को हकमा जनप्रतिनिधि प्रत्येक्ष सहभागी भएपछी निर्माण कम्पनीलाई झनै सहजताभएको बताए ।