Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयहरियो वन कार्यक्रमका उपलब्धि सिकाइ हस्तान्तरण

हरियो वन कार्यक्रमका उपलब्धि सिकाइ हस्तान्तरण

 

 

कबिन्द्र परियार

राप्तीसोनारी १०

राप्तीसोनारी गाउँपालिकामा हरियो वन कार्यक्रमका उपलब्धिहरुको सिकाइ हस्तान्तरण कार्यक्रम बुधबार गाउँ पालिका कार्यालयमा सम्पन्न भएको छ । हरियो वन कार्यक्रमले १० वर्षको अवधीमा गाउँपालिकामा गरेको कार्यक्रमहरुका बारेमा छलफल गरिएको छ । कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले हरियो वन कार्यक्रमले राप्तीसोनारी गाउँ पालिकामा गरेका कामहरु स्रहानिय भएको बताउदै हरियो बन कार्यक्रमले राप्ती सोनारीको भूगोल अनुसारको प्राकृति प्रकोप रोजगार मुलक र चेतनामूलक कार्यक्रम संचालन गरेको बताए।
कार्यक्रममा केयर नेपालका किशोर गन्धर्वले कार्यक्रममा विषयमा प्रकाश पारेका थिए । त्यस्तै हरियो वन कार्यक्रमका उप प्रमुख सन्देश हमालले हरियो वन कार्यक्रम संचालनले गाउँ पालिकामा संचालन गरिएका कार्यक्रम उपलब्धि पुर्ण रहेको बताए । कार्यक्रममा बोल्दै वन तथा वातावरण संरक्षण समन्वय समिति महादेवपुरीका अध्यक्ष तुलाराम खत्रीले हरियो वन कार्यक्रमले संरक्षणको क्षेत्रमा अतुलनीय भुमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले आगामी कार्यदिशा बारे प्रस्तुतिले राखेका थिए । त्यस्तै निड्स नेपालकि अध्यक्ष अन्जु जोशी भट्टले गाउँपालिका अध्यक्ष लाहुराम थारुलाइ सन्दर्भ सामाग्री हस्तान्तरण गरेकी थिइन । राप्तीसोनारी गाउँपालिका वडा न ५ का वडाध्क्षय झगरु थारुको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि संरक्षणकर्मी लगायतको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments