कोहलपुर १ पुस ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा वातावरणिय संरक्षण तथा लैगिंक र सामाजिक समावेशीकरण विषय १ दिने अभिमुखिकरण मंगलबार सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा हरियो वन कार्यक्रम नेपालको सहयोग र संचारिका समूह समन्वयमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमकि प्रमुख अथिती तथा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले न्यायीक समितिका सकस बारे जानकारी गराउदै गाउँपालिका भित्र रहेका मध्यवर्ती क्षेत्रका वासिन्दाहरुका समस्याहरुका विषयमा निकुञ्ज लगायत सरोकारवाला हरुले समाधान गर्नुपर्ने बताइन ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्क्ष खुम बहादुर बस्नेतले वातावरण संरक्षण र लैगिङ्क समानता अपरिहार्य रहेको बताउदै सामाजिक समावेशीकरणले संरक्षणमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिह थारुले पत्रकार महासंघ र सामुदायिक वनको विधानले अर्थपूर्ण महिला सहभागीमा जोड दिएको बताउदै संरक्षणका क्षेत्रमा अनिवार्य महिला सहभागीता हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम बहादुर शाह जिल्ला अदालत बांकेका शाखा अधिकृत प्रकाश बि क ले सहजीकरण गरेका थिए । संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजको सभापतित्वमा भएको कार्यक्रम बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती समिति अध्यक्ष गेहेन्द्र खड्का , राप्ती सोनारी गाउँपालिका वडा न १ का वडाध्यक्ष चन्द्र बहादुर वली , दलित महिला सदस्यहरु सामुदायिक वन तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण अभियानका प्रतिनिधि , संरक्षणकर्मी पत्रकार लगायको सहभागीता रहेकोे थियोे ।


 
                                    