बैजनाथ समाचारदाता बुधबार १ पुस,बाँकेको कोहलपुर नगरपालिका ३ रंगिलाचोक देखी करिब २ सय मिटर पुर्ब महेन्द्र राजमार्ग स्थित ना ४ ख ८६२८ नम्बरको मालवाहक ट्रक दुर्घटनामा हुँदा सामान्य क्षति भएको छ।
बाँसगडि नगरपालिका बर्दिया बाट कपिलवस्तु जिल्ला जाँदै गरेको मालवाहक १० चक्के ट्रकमा १७ टन धान लोड गरेर पाठक मिल बाँसगडि देखि कपिलवस्तु ४ नम्बर जानेक्रममा दुर्घटना भएको ट्रक चालक नर बहादुर कुंवर ले बताए ।
देशको ठुलो पुर्ब पश्चिम महेन्द्र राजमार्गको बनावट भने पुरानो नै कायम छ देशमा विभिन्न किसिमका परिवर्तन भए राजतन्त्र देखी प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रमा मुलुक प्रवेश गरेतापनी सडकको ब्यवस्था भने उहि पुरानो साघुरो छ चालक कुंवरले भने ओभरटेक गरेर पछाडी बाट रात्रि बस आयो भने पुर्ब देखी पश्चिम मालवाहक ट्रक आउँदा बसलाई साईड दिने क्रममा कालोपत्र देखी बाहिर गाडी लिंदा साघुरो सडकका कारण भारी ट्रक नियन्त्रण बाहिर गएको बारदातमा उपस्थित मदनचोक ३ नम्बर बिट बाट खटिएको प्रहरीले घटनाको बारे थप अनुसन्धान भैरहेको जानकारी दिएको छ भने उक्त मालवाहक ट्रक चालक सह चालक सकुशल छन भने ट्रक सामान्य क्षति भएको घटना स्थलमा उपस्थित प्रहरीले जानकारी दिएको छ।