धनगढी ४ बैशाख
नेकपा एमालेका नेता भीम रावलले कर्णाली प्रदेशकाे कदम देशभरि चल्न सक्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले कर्णालीमा मात्र नभएर अन्यत्र पनि देखिन सक्ने चेतावनी दिएका हुन् ।
कर्णालीका सांसदहरूले आफ्नो स्वार्थका लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको उनको ठहर छ । ‘पार्टी जोगाउनका लागि, पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा त्यहाँका साथीहरूले साथ दिएका हुन्,’ उनले भने।
उनले माधव नेपाल पक्ष एमाले रक्षाका लागि अगाडि बढेका योद्धा, सिपाही भएको दाबी गरे । उनले भने, ‘कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं ।’
कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिऊ रोपिएको उनले बताए । दृष्टि बाट