कोहलपुर १३ जेठ
एभरेष्ट टेक्निकल कलेज प्रा लि कोहलपुर का कार्यकारी निर्देशक तथा राष्ट्रिय उधम विकास सजहकर्ता महासंघ नेपाल का केन्द्रिय सचीव समेत रहेका बिरेन्द्र सुवेदीले दुर्गम जिल्ला कालिकोटमा स्टेचर सहयोग गरेका छ्न । सुवेदीले आफ्नो जन्म स्थान सान्नी त्रिवेणि गाउपालिका वर्डा नम्बर १ मा स्टेचर सहयोग गरेका हुन । कालीकोट भौगोलिक हिसाबले दुर्गम जिल्ला भएको र यातायातको सुविधा नपुगेको स्थान बाट बिरामी लाई अस्पताल सम्म लैजान समस्या हुने गरेकोले आफुले स्टेचर सहयोग गरेको बताए । म त्यहीँ ठाउँमा जन्मेको हुँदा त्यहाँको पिडा मलाई थाहा छ । त्यसैले पनि सानो सहयोग स्वरूप स्टेचर प्रदान गरेको हुँ सुवेदीले भने राजनीतिक संगै सामाजिक क्षेत्रमा कृयाशिल रहेका सुवेदीले यस पनि धेरै ठाउँ सहयोग गरिसकेका छ्न ।