नेपालगन्ज १३ जेठ
बाँकेमा शुक्रबार आकस्मिक नेकपा एमाले सचिवालय बैठक बस्ने नेकपा एमाले बाँके जिल्ला सचिवालय सदस्य अब्दुल हुसैन खानले जानकारी दिनुभयो ।
देशमा राष्ट्रिय रूपमा राजनीतिक तरलतासंगै नेकपा प्रतिनिधि सभामा ठुलो दलको हैसियत कायम गरेको एमाले अब दुईचिरा पर्ने सम्भावना भएपछि बाँकेमा पार्टी एकतामा जोड दिनका लागि सचिवालयको आकस्मिक बैंकक बोलाउनुपरेको खानले जानकारी दिनुभएको हो। शुक्रबार बस्ने सचिवालयको बस्ने बैंककले महत्वपूर्ण निर्णय गरिने अध्यक्ष अशोक कोईरालाले बताउनुभयो।
नेकपा एमाले बाँके जिल्ला अध्यक्ष अशोक कोईराला र सचीव रत्न खत्री लगाएतले बैंकक आव्हान गरेको सचिवालय सदस्य खानले जानकारी दिनुभयो ।


 
                                    