Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियविमला वलीको किटानी जाहेरी लिन प्रहरीले आलटाल गरेकाे आरोप

विमला वलीको किटानी जाहेरी लिन प्रहरीले आलटाल गरेकाे आरोप

बुटवल
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी लिन लागि प्रहरीले आलटाल गरेकाे आरोप लगाएको छ । उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको हो ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको वलीको जिकिर छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले बताए ।
उनले भने, ‘हामी अस्ति इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियो । तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझै सम्म दर्ता गर्न आलटाल गरेको छ । हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु होला भनेका छौं ,तर प्रहरीले मानेको छैन ।’
उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भए पनि विमला वलीको घटनाको सुरु दाङमा भएकोले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताए ।

हामी कहाँ आउनु भएको थियो तर यहाँ भन्दा उतै जान पर्ने कानुनी आधार रहेको आफूहरूले उतै जान सल्लाह दिएको उनले रातोपाटीसँग बताए ।

माओवादीका प्रमुख सचेतक घर्तीले प्रहरी बुटवलमा दर्ता गरेर दाङमा रिफर गर्नु पर्नेमा ढिलाइ गरेको बताए । प्रहरीले तीन दिनसम्म दर्ता गर्न आलटाल गरेको भन्दै आज दिउँसो डिआइजीसँग कुरा गरेर भए पनि दर्ता गर्ने उनले बताए ।

दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रमुख सुरेश काफ्ले दाङमा उजुरी आएको बिषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको रातोपाटीलाई बताए । उनले भने, ‘बाहिर के छ थाहा भएन । तर कहाँ अहिलेसम्म केही आएको छैन।’

दाङबाट उप निर्वाचनमा विजेता वली सुरुमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।

एमालेले उनी आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वइच्छाले बसेको पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए ।

एमालेले अहिले पनि विमला र नवलपरासी अजय बहादुर शाही एमालेको सूर्य चिन्हबाट टिकट लिएर चुनाव जितेकोले आफूहरू सांसद रहेको जिकिर गर्दै प्रदेश सभा अवरुद्ध पार्ने सम्मका गतिविधि गरेको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments