Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजअस्ताए खजुरा ४ का वडा सदस्य:दल बहादुर बि.सि.

अस्ताए खजुरा ४ का वडा सदस्य:दल बहादुर बि.सि.

खजुरा ७ असोज
बाँकेको खजुरा गाउँपालिका ४ का निर्वाचित वडा सदस्य दल बहादुर बि.सि.को बुधबार ४५ बर्षको उमेरमा अचानक हृदय घातका कारण निजि निवासी ई गाउँमा मृत्यु भएको छ।
गएको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट बिजयी भएका बि.सि.को मृत्युले एउटा असल र ईमान्दार जनप्रतिनिधि जनताले गुमाउनु परेका छ भने नेकपा एमाले खजुरा गाउँपालिकालाई अपुर्निय क्षती पुगेको छ।
नेकपा एमालेले एउटा सच्चा ईमान्दार कर्तव्य निष्ठ कार्यकर्ता गुमाएकोमा बिसिको निधनले पार्टीलाई ठुलो क्षती भएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

बिसिले आफ्नो जिबनकालको करिब आधा उमेर पार्टीका लागि ब्यतित गरेका थिए।ब्यवसायिक रूपमा उनको ई गाउँ ३० नम्बर चोकमा पसल र खजुरा मिनि पार्क रिसोर्ट का प्रबन्ध निर्देशक एवं जेनेरल मेनेजरको रूपमा ब्यवसाय सम्हालेका थिए।
बिसिका २ छोरी र १ छोरा छन् भने उनको निधनले पूरा गाउँ नै शोकमा डुबेको छ। खजुरा गाउँपालिका ४ का अध्यक्ष तिलकबिर सुनारले एक सच्चा देशभक्त ईमान्दार कार्यकर्ता पार्टीले गुमाएको छ भने सदस्य बि सिको निधनले ठुलो क्षती पुगेको बताउनुका साथै शोक सन्तब्द परिवारमा भगवानले धैर्रे धारण गर्ने क्षमता प्रदान गरोस् भनि ब्यक्त गरेका छन् साथै नेकपा एमाले खजुरा गाउँपालिकाले नेता बिसिको पार्थिब शरिरमाथी पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली सभा सम्पन्न गरेको खजुरा गाउँपालिका ४ निवासी आफन्त गोबिन्द आचार्यले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments