बैजनाथ ७ असोज
बाँके जिल्लाको बैननाथ गाउँपालिकामा बिहिवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे(जेम्स)को प्रमुख आतिथ्यमा नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालको बैजनाथ गाउँपालिका ६ नम्बर वडा कमिटीका टाेप बहादुर बाँठाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ।
बिहिवार नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स)को प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्र का जिल्ला समन्वय सदस्य देब बहादुर रावत,जय बहादुर बि क(प्रदिप) स्थानीय युवा समाजसेवी तेज बहादुर खड्का नेकपा माओवादी केन्द्रका बैजनाथ ६ पार्टी सचीव निर्मल बुढा मगर वाइसीएल बाँके जिल्ला सदस्य ईश्वरी योगि वाइसीएल बैजनाथ अध्यक्ष मधु रिजाल लगाएतका नेता कार्यकर्ताहरुको उपस्थितिमा वाइसीएल नेपाल बैजनाथ ६ वडा कमिटी गठन गरिएको हो।
पार्टीको केन्द्रिय सर्कुलेसन अनुसार जिल्ला स्थानीय तह वडा र टाेल कमिटी गर्दै संगठन बिस्तार गर्ने कार्यलाई तिव्रता दिनुका साथै जिम्मेवारी हस्तान्तरण गर्ने र युवा,बिद्यार्थि र महिलाको संगठनलाई मजबुत बनाउनुका साथै आगामी चुनावमा कसरी अगाडि बढ्ने बारे पार्टीले रणनीति बनाउने प्रमुख अतिथी जेम्सले बताए ।
समाजमा भएका हरेक गतिविधिलाई पार्टी तथा नेता कार्यकर्ताहरुको सहभागीता भए मात्र समाजलाई परिवर्तन सम्भव भएको र युवाहरुको आकर्षन माओवादी पार्टीलाई बनाउन सबै नेता कार्यकर्ता लागि परे मात्र समाजलाई आमूल रुपान्तरण गर्न सकिने नेता जेम्सले बताएको नेकपा माओवादी केन्द्रका युवा नेता एवं समाजसेवी तेजराज खड्काले जानकारी दिए साथै आगामी दिनहरुमा वडा टाेल कमिटी गठन गरेर बैजनाथमा मात्र करिब २ हजार युवाहरुलाई वाईसीएल नेपालमा आबद्ध गराएर गोलब्द्व हुने समेत खड्काले बताए ।