बाँकेको कोहलपुर स्थित सहिद स्मृति भवनको हलमा आइतबार नेकपा (माओवादी केन्द्र) अखिल नेपाल सुकुम्बासी संघका नेता सन्तराम थारुको प्रमुख आतिथ्यमा बाँके जिल्लाको सम्पन्न भेलालेअखिल नेपाल सुकुम्बासी संघ बाँके जिल्ला अध्यक्षमा तिलक सिजापती सहित ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं माननीय पुर्णा कुमारी सुबेदी बाँके जिल्ला अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य ईन्द्र प्रशाद खरेल लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के सि (नमुना) अखिल नेपाल सुकुम्बासी संघका नेता अम्मर परियार नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने स्थानीय समाजसेवी जीवन थापा लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा बाँके जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरु समेत भेलामा सहभागीमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष तिलक सिजापतीले बताउनु भयो।