Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजनिर्वाचित जनप्रतिनिधिलाई काङ्ग्रेस द्वारा सम्मान

निर्वाचित जनप्रतिनिधिलाई काङ्ग्रेस द्वारा सम्मान

बाँकेको बैजनाथमा नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिका सभापति देव बहादुर के सि को अध्यक्षतामा नव निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएत निर्बाचित जनप्रतिनिधिहरुलाई खादा अबिर सहित शनिबार सम्मान कार्यक्रम सप्पन्न गरेको छ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला क्षेत्र स्थानीय स्तरका नेता कार्यकर्ता लगाएतको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको हो। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पालिका सभापति देब बहादुर के सि ले पार्टीको घोषणा पत्रलाई ध्यानमा राख्दै जनताको माग र स्थानीय बिकासलाई मध्यनजर गर्दै जनमुखी काम गर्न निर्देशन दिँदै स्थानीय सरकारलाई संन्चालन गर्दा भ्रष्टाचार मुक्त शुसासन युक्त पालिका सन्चालन गर्नुपर्ने बताए ।

स्वागत तथा सम्मान कार्यक्रमको नेपाली काङ्ग्रेसका युवा नेता नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि सरद रेग्मीले संन्चालन गर्नुभएको क्षेत्रीय सची ज्ञान बहादुर ओलिले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments