Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजबाँके निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २४ हजार ७२७ जना...

बाँके निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २४ हजार ७२७ जना मतदाता

बाँके निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २४ हजार ७२७ जना मतदाता रहेका छन् । उक्त क्षेत्रका निर्वाचन अधिकृत सरोज वाग्लेका अनुसार कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै वडा उक्त निर्वाचन क्षेत्रमा समावेश छन् । यो क्षेत्रमा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै बाँके-२ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए ।

बाँके-३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार कुल एक लाख १७ हजार ३५४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् । बाँकेका २४ वडा समेटिएको सो निर्वाचन क्षेत्रम ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments