नेपालगन्ज – प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार कृष्ण केसीप्रति मतदाताको समर्थन दिनप्रतिदिन बढ्दै गएको छ । समर्थकहरूका अनुसार कृष्णा केसी नाम मात्रका नेता नभई, व्यवहार र कार्यशैलीका आधारमा जनताको मन जित्न सफल व्यक्तित्व हुन् ।
स्थानीय तहमा सक्रिय रूपमा जनतासँग घुलमिल हुने स्वभावका कारण केसीलाई सरल र सहज नेता मानिन्छ । उनको व्यवहार नम्र, बोली शालीन र सोच स्पष्ट रहेको समर्थकहरू बताउँछन् । विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धताले पनि उहाँप्रति मतदाताको विश्वास मजबुत बन्दै गएको छ ।
समर्थकहरूका अनुसार कृष्ण केसी नमुनाका उम्मेदवार हुन्, जसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितलाई केन्द्रमा राख्ने अठोट लिएका छन् । चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिनुले पनि उनिप्रतिको समर्थन झन् स्पष्ट भएको छ ।
आगामी निर्वाचनमा मतदाताले परिवर्तन र प्रगतिका लागि कृष्ण केसीलाई साथ दिने अपेक्षा गरिएको छ ।


