बैजनाथ सम्बादाता /बाँके जिल्लाको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सोमबार स्थानीय सरकार प्रमुखको पदभार ग्रहण गर्नुभएको छ।
गाउँकार्यापालिकाको कार्यालय रामपुर बाँकेमा गाउँ पालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीको अध्यक्षमा भएको स्वागत सपथ तथा पदभार कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्षहरु रुप बहादुर मल्ल राजु रुचाल निखिल बैगार प्रेम बहादुर शाही देब बहादुर रावत भुपाल पुन मगर दिनेश कुमार थारु भग्गन थारु साथै स्थानीय तह सदस्य निर्बाचित सदस्य महिला सदस्य खुल्ला सदस्य दलित महिला सदस्य गरि कुल ४१ जना स्थानीय जनप्रतिनिधिलाई अध्यक्ष शाहीले सपथ खुवाउनुभएको हो।
उक्त सपथ तथा पदभार ग्रहण कार्यक्रममा नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि
नेकपा एमाले बैजनाथ सचिब प्रेम प्रशाद सुवेदी
नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क (प्रदिप)नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष खडग बहादुर रजाली मगर लगाएत विभिन्न पार्टीका नेता कार्यक्रर्ता कर्मचारी संन्चारकर्मीहरुको उपस्थितिमा पदभार कार्यक्रम सम्पन्न गरिएको हो।
पदभार ग्रहण पश्चात बैजनाथ गाउँपालिका अध्यक्ष शाही द्वारा गरिएका ७ बोल्ड निर्णय तपशिल अनुसार छन् ।
१.नौवस्ता औद्यौगीक क्षेत्र व्यवस्थापन अव्यवस्थित भूमिहिन दलित सुकुमबासी बस्तिको व्यवस्थापन २.किसान सँग पालिका अध्यक्ष कार्यक्रम,
३.वडा स्तरमा एम्बुलेन्स सेवा संचालन,
४. विपन्न परिवारलाई मृत्यु संस्कार गर्नका लागि नगद ५ हजार
५.गाउँपालिकामा २० दिन भित्र जन्म दर्ता गराए शिक्षाका लागि बैंक मौजदा नगद २ हजार बैक खातामा बचत गर्ने
६. नेपाल सरकारले घोषणा गरेको २० युनिट विद्युतमा थप १० युनिट कुल ३० युनिट विद्युत निशुल्क गरिएको छ।
७.पूरा दरबन्दी भएका माध्यमिक बिद्यालयहरुमा पुर्ण रूपमा निशुल्क शिक्षा
यसरी पदभार सँगै पहिलो बैठक बाट अत्यन्तै जनमुखी र जनपक्षीय निर्णय गरे सँगै सबै निर्णयहरुलाई सभाले अनुमोदन गरेको छ भने भब्य स्वागत समेत गरीएको छ।
कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरीले राख्नु भएको थियो।कार्यक्रमको सन्चालन सूचना अधिकारी तप्तराज आचार्यले गर्नुभएको जानकारी गाउँपालिका लेखा अधिकृत पुर्ण प्रशाद भट्टराईले जानकारी दिनुभयो।