Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedमुस्कान सहित भ्रष्टाचार रहित पालिका निर्माण गर्न कर्मचारीलाई अध्यक्ष शाहीको निर्देशन

मुस्कान सहित भ्रष्टाचार रहित पालिका निर्माण गर्न कर्मचारीलाई अध्यक्ष शाहीको निर्देशन

बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विषयगत शाखा प्रमुख लगायत बिहिवार कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले कर्मचारीहरुले कुनैपनी जनताको काम गुनासो जनप्रतिनिधिसम्म पुग्न नदिन निर्देशन दिनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश शाहीले मुस्कान सहित भ्रष्टाचार रहित सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिनुका साथै उपभोक्ता समितिहरुलाई काम गर्न सहजीकरण गर्न प्राबिधिकहरुलाई गर्न निर्देशन दिँदै भ्रष्टाचार मुक्त गाउँपालिका नमूना गाउँपालिका बनाउन काम गर्ने सवालमा कुनै बाधा अड्चन नगर्न नगराउन अध्यक्ष शाहिले निर्देशन दिनुभयो ।

कार्यक्रमलाई समापन गर्दै प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐरीले अध्यक्षले दिएको निर्देशन पुर्ण रूपमा पालना गर्न सबै कर्मचारीहरु आ आफ्नो स्थान बाट मुस्कान सहितको सेवा प्रदान गर्न अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो भने उक्त कार्यक्रम सूचना अधिकारी तप्तराज आचार्यले सन्चालन गर्नुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments