बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा र सुआहारा बाँकेको सयुक्त आयोजना युएसएआईडि, बि ग्रुप समन्वयमा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले
“कसैका पोषणका समस्या छन्
कसैलाई पोषणका समस्या त्यसैले हामी सबै आजैबाट पोषणमा सकृय बनौं” यो आर्थिक बर्ष मै पोषण युक्त गाउँपालिका बनाउने छौं भन्ने भनाईका साथ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा दुईदिने स्थानीय तहमा एकीकृत स्वास्थ्य,पोषण कार्यक्रमको समिक्षा तथा दिगोपन कार्यशाला गोष्ठीको शुभारम्भ भएको छ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडि बैजनाथ १ का अध्यक्ष रुप बहादुर मल्ल,२ का अध्यक्ष राजु रुचाल,३ का अध्यक्ष निखिल बैगार,४का अध्यक्ष प्रेम बहादुर शाही,५ का अध्यक्ष देब बहादुर रावत,६ का अध्यक्ष भुपाल पुन ,७ का अध्यक्ष दिनेश थारु र बैजनाथ ८ का वडा अध्यक्ष भग्गन थारु सामाजिक बिकास समिति संयोजक भुमिसरा राना कार्यपालिका सदस्य कमान सिंह सुनार,कृष्णा सुनार,फारुदिन हलवाई,रुपा थापा लगाएतको उपस्थिति रहेको थियो।
कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा पशु शाखा प्रमुख खडक बहादुर सिंह महिला बालबालिका शाखा प्रमुख लक्ष्मि ज्ञवाली लगाएत शाखा प्रमुखहरुले बिषयगत क्षेत्रहरुको बिद्यमान अवस्था बारे मुख्य ब्यवहार सम्बन्धि सुचकहरुको अवस्था मुख्य उपलब्धि र प्रमाणमा आधारित नबिनतम क्रियाकलापहरु बारे शाखा प्रमुखहरुले प्रस्तुति राख्नुभएको थियो।
कार्यक्रमको परिकल्पना/लक्ष्य तथा नितिगत ब्यवस्था स्वास्थ्य तथा पोषणमा तथा गाउँपालिकाको परिकल्पना स्थानीय सरकार बाट अपेक्षा बारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडिले प्रस्तुति राख्नुभएको थियो।
कार्यक्रम बारे कार्यक्रम उदेश्य बारे वरिष्ठ कार्यक्रम संयोजक सुआहाराका बिकाश रोकायले उदेश्य प्रष्ट पार्नुभएको थियो भने पोषणको महत्त्व,औचित्य र आवश्यकताको बारे वरिष्ठ प्राबिधिक संयोजक सुआहाराका अमृत पौडेलले किशोर किशोरी गर्भवती महिला र बच्चाको स्वास्थ्य तथा पोषणमा लगानी किन ? मानवपुजी विकासमा पोषण बिशेष र पोषण सम्वेदनशिल क्षेत्रको अन्तरसम्बन्ध र महत्व बारे प्रकाश पार्नुभएको थियोl
कार्यक्रमको अन्तमा सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्दै सुनेका महत्त्वपूर्ण कुराहरु सुन्ने मात्र नभएर सबैले प्रयोग गर्न अनुरोध गर्दै यस्ताखाले कार्यक्रमहरुलाई निरन्तरता दिने बारे छलफल गर्ने समेत गाउँपालिका अध्यक्ष शाहिले बताउनुभयो भने कार्यक्रम बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले संन्चालन गर्नुभएको स्वास्थ्य शाखा उप प्रमुख लक्ष्मी रोकायले जानकारी दिनुभयो ।