Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजखेलकुदबिद्यार्थिहरुको रोजाई बन्दै कोहलपुर एजुकेसन

बिद्यार्थिहरुको रोजाई बन्दै कोहलपुर एजुकेसन

कोहलपुर पश्चिम नेपालको मुख्य प्रवेश द्वारको रूपमा रहेको बाँके जिल्लाको कोहलपुरमै कोरिया गन्तव्यको लागि सुनौलो अवसर प्रदान गर्दै कोहलपुर एजुकेसन सेन्टर कोहलपुर नगरपालिका ११ पिपलचौतारा रेडियो कोहलपुर एफ एमको पश्चिम तर्फ दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा कोरियन भाषा कक्षा संन्चालनमा ल्याएका छन् ।

कोहलपुर एजुकेसन सेन्टर स्थापना गर्नुको उदेश्य नै कोरिया प्रवेश पुगेर सुनौलो भविष्य निर्माण गर्न चाहने युवा युवतीहरुलाई सहि मार्ग निर्देशन गर्नुको साथै कोरियन भाषामा दक्ष आफै कोरीया पुगेर टपिक लेबल ४ कोरियन भाषा उतिर्ण गर्न सफल प्रशिक्षक शेर बहादुर बि ल ले संचालनमा ल्याएका हुन आफै १० बर्ष कोरिया बसेर लामो अनुभव प्राप्त बि क आफ्नै देशमा फर्केपछि केही नयाँ उद्यम गर्ने सोचका साथ आफुले मात्र रोजगारी गर्ने उदेश्य नभई युवाहरुको राम्रो गन्तव्य बनेको कोरिया जान अनिवार्य भाषा कक्षा उतिर्ण गर्नुपर्ने साथै उत्कृष्ट सेवा प्रदान गर्ने एउटा शैक्षिक संस्थाको रूपमा स्थापना गर्ने उदेश्यका साथ कोहलपुर एजुकेसन सेन्टर स्थापना गरेको संचालन बि क को भनाई रहेको छ।
सञ्चालक एवं प्रशिक्षक बि क नेपालको वर्तमान परिवेशमा अध्ययन वा रोजगारको सिलसिलामा युवाहरूको रोजाईमा रहेको कोरिया जाने आक्रशनलाई मध्यनजर गर्दै उचित परामर्श तथा भाषाको ज्ञान विना वैदेशिक बसाई सार्थक बन्न नसक्ने र कुनै पनि देश वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि नै त्यहाँको वातावरण रहन सहन भाषा बारे अध्यन गरेर गए राम्रो आम्दानी गर्न सकिने बताउँछन् ।
पछिल्लो समय कोरिया युवाहरूको आक्रषण केन्द्र बन्दै गएको समयमा कोरियामै अध्ययन गरेर कोरियन भाषामा दक्षता हासिल गरेका बि क निजि स्कुल विभिन्न कोचिङ्ग ट्युसन सेन्टर हुँदै शिक्षक सेवा बाट लिएको परिक्षा पास गरेर सरकारी जागिरमा प्रवेश गरेका उनी कोरियन भाषा उतिर्ण गरेर कोरिया पुगेर समेत राम्रो आम्दानी मात्र गर्न सफल भएनन् कोरियन भाषाको थप कक्षा पास गरेर स्वदेश फर्किएका सफल युवा प्रशिक्षक हुन् ।

पश्चिम नेपालको कोहलपुर क्षेत्रमै उत्कृष्ट सेवा दिने सोच का साथ कोहोलपुर एजुकेशन सेन्टर सञ्चालनमा ल्याएको साथै जो कसैले पनि रोजगारको सिलसिलामा विदेश जाने सोच बनाएमा कोहलपुर एजुकेसन सेन्टरको पहिलो प्राथमिकता दक्षिण कोरियालाई खोज्नुहोस् भन्ने रहेको छ। किनभने रोजगारको सुनिश्चितता आकर्षक तलब र थोरै लगानीमा दक्षिण कोरिया जान सक्ने भएकोले अरु विकल्प भन्दा राम्रो भएकोले १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्छ र यसमा शैक्षिक योग्यताको कुनै आवश्यकता पर्दैन मात्र भाषा पढ्न सक्ने र भाषा परीक्षामा प्रतिस्पर्धा मार्फत उत्तीर्ण हुन सके सहजै थोरै लगानीमा आक्रशक आम्दानी गर्न सकिने जस्को लागि युवा युवतीहरुलाई उचित परामर्श र विश्वासिलो भाषा प्रशिक्षकका लागि कोहलपुर एजुकेसन सेन्टर नै बिकल्प भएको संचालक एवं प्रशिक्षक शेर बहादुर बि क बताउछन् ।
कोहलपुर एजुकेशन सेन्टरमा गरिब जेहेन्दार र पढ्ने तीव्र इच्छा भएका तर आर्थिक अभावमा रहेका जोसुकै विद्यार्थीको लागि छात्रवृतिको व्यवस्था गरिएको छ भने संचालक स्वयं आफै नेपाल सरकारको स्थायी शिक्षक राजीनामा दिई लामोसमय दक्षिण कोरियाको बसाई पूरागरी कोरियामै रोजगारीसँगै कोरियन भाषा दक्षता परीक्षा (Topik Level)उत्तीर्ण गरेकोले विदेशमा सिकेको अनुभव पुंजी थोरै मात्र भए पनि स्वदेशमै लगानी गरी उधमी बन्नुपर्छ र अब वैदेशिक रोजगारमा जान चाहने युवा युवतीहरुको लागि छोटाे समयमै पहिलो कोरियन भाषा कक्षा रोजाईमा पार्न सफल भएको संचालक बिश्वकर्माले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments