Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथका बलिरामले गरे विद्युतीय साइकलको आविस्कार

बैजनाथका बलिरामले गरे विद्युतीय साइकलको आविस्कार

कुशल दलामी

बाँकेको बैजनाथ गाउँपालिका ६ सम्झना बजारमा बिगत १५ बर्ष अगाडि ३० हजारको लगानीमा साईकल पंन्चर पसल खोलेर बसेका बलिराम थारु नेपालमा पनि परिश्रम गरे आम्दानी यहि गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन् ।

थारुकि श्रीमती जगमोहनी थारु आफ्नो श्रीमान बलिरामले खोलेको साइकल पसलमा आएर श्रीमानलाई सघाउन शुरु गरेको जगमोहनी अहिले साइकल मिस्री भएकी छन् । थारुले सम्पुर्ण खर्च कटाएर मासिक ३०-४० हजार बचत गर्ने गरेको बताउँछन् ।

बि.स.२०३३ सालमा बुवा बिहारी थारु र आमा कैलासपतीको सन्तानको रूपमा जन्म लिएका बलिराम आफुले ३० हजारमा १५ बर्ष पहिला सम्झना बजारमा सानो घुम्ती पसल बाट शुरु गरेका उनी बिस्तारै कमाउदै लगानी वृद्धि गर्दै गरेर सम्झना बजारमा आफ्नो घर बनाउन सफल भए । यति मात्र्‍ नभएर रोजगारी के गरौ भन्ने चिन्ता छैन पहिला पहिला एक्लै काम गर्ने बलिराम बिगत ३ बर्ष यता साईकल पसलको सम्पुर्ण काम श्रीमतीले सम्हाले पछि आफुले नयाँ केही गर्ने सोच बनाएर अब यो साईकल आधुनिक बनाउछु भनेर उनी निरन्तर लागि परे अन्तत:करिब एक बर्ष अघिदेखि विद्युतीय साईकल बनाउने योजना सहित आविस्कार तिर लागे अन्तत करिब ३ महिना अगाडि एउटा साइकल बनाउन सफल भए र सफलता पुर्बक परिक्षण समेत गरे ।उनिले निर्माण गरेको साईकल विद्युत बाट फुल चार्ज गरेपछि करिब ४० किलोमीटर कुद्ने अनुमान गरिएको छ ।
एकाबिहानै बर्दियाको यात्रा तय गरेर फर्किए अलि केही परिबर्तन गरेर साईकल बनाए । पुनः नयाँ निर्माण गरेको विद्युतिय साईकल प्रतिघन्टा करिब ३०-४० किलोमीटर रफ्तार लिन सक्ने उनको दाबी छ।महङ्गीको मारमा परेको नेपाली समाजलाई थोरै भएपछि राहत मिल्ने उनको अपेक्षा गरेका छन् ।
कारण उनले निर्माण गरेको बिधुतीय साईकल बजारमा सहजै सजिलै सस्तो मुल्यमा पाउन सकिने भएको छ भने कहाँनेर पेट्रोल सकिने हो भन्ने चिन्ता बाट मुक्त गर्न र पेट्रोलियम बाईक स्कुटरको बिकल्प को रूपमा यसरी निर्माण गरेको साईकल प्रयोग गर्न सकिने थारुको दाबी छ।

बलिराम अब अपांग ब्यक्तीहरुका लागि चार्जवाला विद्युतिय साईकल अन्य नयाँ मोडेल निर्माण गर्ने तयारीमा जुटेका छन् । ३० हजार बाट शुरु गरेको साईकल पन्चर बाट साईकल बिक्रेता हुँदै विद्युतिय साईकल आफैले अविस्कार गरेर अब निर्माता समेत बलिराम बन्न सफल हुँदै छन् ।बिगतमा शुरु गरेको सानो पुजि अहिले १० लाख बराबरको ब्यवसाय पुर्याउन सफल थारु दम्पति खुशी हुँदै दैनिक आफ्नो काम गर्ने गरेको बताउँछन् ।

स्थानीय स्तरमा यसरी विद्युतीय साईकल निर्माण गरेर थारुले एउटा आविस्कार मात्र गरेनन् अब पेट्रोलको बिकल्प खोजी रहेको आफू बताउँछन् ।
स्थानीय सरकारले समेत यस्ता नयाँ कार्य गर्ने मेहनती दम्पतीको लागि प्रसस्त सामाग्री ल्याउने वातावरण तयार गरिदिए र सुलभमा साईकल बिक्री गर्न सकिने थारु बताउँछन् ।हाल एउटा साईकल पुर्ण रूपमा विद्युतीय मोडेलमा तयार गर्न करिक ४५ हजार खर्च हुने गरेता पनि धेरै उत्पादन गरे सस्तोमा साईकल निर्माण गरेर पेट्रोलको महङ्गीको मार बाट आम सर्बसाधारणलाई सौलियत हुने उनी बताउँछन् ।
यस्ता पौरखीहातहरुलाई सरकारले संरक्षण गर्न सकेको खण्डमा विद्युतीय साईकल निर्माण गर्न सके उद्योगको रूपमा स्थापना गरिनुका साथै कयौं बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिने र स्वदेशमै स्वरोजगार बनाउन आवश्यक देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments