Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजबैजनाथ ६ का युवा बिजयको मृत्युले गाउँनै शोकमा

बैजनाथ ६ का युवा बिजयको मृत्युले गाउँनै शोकमा

बाँके:बैजनाथ गाउँपालिका ६ पार्वतीपुर निवासी बुवा नहकुल बस्नेत र आमा दिलसरा बस्नेतका बर्ष १८ का बिजय बस्नेतको उपचारका लागी काठमान्डौ लैजादै गर्दा शनिबार बिहान ३:०० बजे दाङ जिल्लाको लमही बजार पुग्दा बाटोमै बिजयले देहत्याग गरेको पारिवारिक श्रोतले जानकारी दिए भने युवा खेलाडी समेत रहेका बिजयको मृत्युले परिवार मात्र नभएर पुरा गाउँ नै शोकमा डुबेको छ।

बिहिवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रगत र पिसाब चेकजाँच गर्दा पिसाब र रगतको रिपोर्ट सामान्य आएको बुवा नहकुल बस्नेतले बताए ।
स्वासप्रस्वास लगाएत अन्य सामान्य भएपनि उपचारका लागी अन्यत्र लैजान चिकित्सकले सुझाव दिएपछि शुक्रबार भेरी अस्पताल नेपालगन्जमा पुग्दा स्वासप्रस्वासमा समस्या आउनुका साथै पानी देखि डराउने, पानी पिउन नमान्ने, खोक्दा कफ र र्याल निस्केने लक्ष्यण देखा परेपछि भेरी अस्पतालका चिकित्सकले रेबिज रोगको लक्ष्यण भएकोले तत्काल टेकु काठमान्डौ उपचारका लागी लैजान सल्लाह दिएका थिए।
निजि सवारीमा थप उपचारका लागी काठमान्डौ लैजाने क्रममा दाङ जिल्लाको लमही बजार पुग्दा शनिबार बिहान ३:०० बजे विजयको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।चिकित्सकको रिपोर्टमा रेबिज नदेखिएकोले शंकाको भरमा रेबिन भन्न नमिल्ने बुवा नहकुल बस्नेतले बताए भने बिजय बस्नेत दम्पतिका जुम्ल्याहा सन्तान मध्ये कान्छो छोरा थिए ।
अन्य गतिविधिमा समेत बिजय अब्बल भएकोले अहिले उनको गाउँ छिमेकी सबै शोकमा डुबेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments