बाँके:”मेहनत,सृजना,उत्पादन र बस्तु:मेरै नेपाल”भन्ने मुल नाराका साथ शनिबार बैजनाथ ५ जि गाउँ स्थित कृष्ण कमल पार्टी प्यालेस एन्ड रिसोर्टको सभाहलमा भएको
नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका कमिटी तथा महिला उद्यमी समिति बैजनाथ बाँकेको चौंथो साधारण सभा तथा दोश्रो अधिवेशन बाट पुनः दोश्रो कार्यकालका लागी अध्यक्ष दुर्गा बहादुर घिमिरे को अध्यक्षता मा ९ सदस्यीय कमिति र महिला उधमी समिति अध्यक्ष दुर्गा सुनार अध्यक्ष सर्बसहमत चयन भएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउँपालिका कार्यवाहक अध्यक्ष निर्मला रोकाय बिशिस्ट अतिथि घरेलु केन्द्रिय उपाध्यक्ष पुर्ण बहादुर भण्डारी उपाध्यक्ष कृष्णा पाठक केन्द्रीय सदस्य कुबेर रिजाल,शेसकान्त शर्मा, जिबनाथ सापकोटा र रामचरण बि सी घरेलु तथा साना उद्योग कार्यालय प्रमुख काशिराम अधिकारी नेपाल घरेलु तथा साना उद्योग लुम्बिनी प्रदेश महासचिव जयश्वर पौडेल
उपाध्यक्ष सर्मिला खत्री सदस्य सतिस अधिकारी धनसिंह वली नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि
नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क प्रदिप नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष राजु बि सि राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि भिम बहादुर खड्का बाँके जिल्लाका कार्यवाहक अध्यक्ष भागवत कडेल लगाएत स्थानीय नेपाल घरेलु तथा साना उद्योग बैजनाथका साधारण सदस्य स्थानीय उद्योगी ब्यापारी लगाएतको उपस्थिति रहेको थियो।
शुभकामना राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भिम बहादुर खड्काले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादन वृद्धि गरेर आम्दानीको श्रोत वृद्धि गर्न नेपाल घरेलु तथा साना उद्योग संघ बैजनाथले स्थानीय सरकारसँग साझेदारी समन्वय गरेर उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताए ।
प्रमुख अतिथि एवं स्थानीय सरकारको तर्फबाट बैजनाथ गाउँपालिका कार्यवाहक अध्यक्ष निर्मला रोकायले स्थानीय सरकारले रोजगारी सिर्जना गर्ने उदेश्यका साथ बैजनाथ पालिका स्तरीय कार्यक्रममा बैजनाथका ५० जना महिला उद्यमी लाई सिप बिकाश तालिम प्रदान गरेर प्रबिधि हस्तान्तरण गरेका छौँ । स्थानीय सरकारले स्थानीय उत्पादन गर्न उद्यमी लाई तालिम प्रदान गरेर दीर्घकालीन समस्या समाधान र रोजगारीमा जोडिन तालिम प्रदान गरेकोमा स्थानीयले त्यसको लाभ लिएको पाईएको छैन । अनुदान मेसिन अथवा अन्य कुनै सामाग्री पाउने भएपछि सबै अग्रसर हुने तर अहिले घरमा गएर हेर्दा अनुदानमा पाएका मेशिनमा खिया लागी सकेको छ। त्यसैले बिगत जस्तो नभएर जो साच्चिकै आत्मनिर्भर बन्न चाहनेले मात्र तालिम लिने वातावरणको सिर्जना र आवश्यकता पहिचान गरेको खण्डमा स्थानीय सरकार हरदम हरेकपल स्थानीय जनता तथा साना तथा घरेलु उद्योगीहरुको पक्षमा भएको प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग बाँके जिल्ला कार्यवाहक अध्यक्ष भागवत कडेलले स्थानीय जनताले निर्बाचित गरेका स्थानीय जनप्रतिनिधि नै स्थानीय साना उद्योगीहरुको पक्षमा नभएको गुनासो ब्यक्त गर्नुभएको थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष पुर्ण बहादुर भण्डारी र कृष्णा पाठकले स्थानीय तहहरुले साना उद्योगहरुको प्रबर्द्धन बिकास गर्न रोजगारी सिर्जना गर्न आवश्यक बजेट ब्यस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष पाठकले बैजनाथ गाउँपालिकाको नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग संचालन गरेर रोजगारी सिर्जना गर्न स्थानीय सरकारले पहलकदमी गरेर ठुला उद्योग मात्र नभएर साना उद्योगहरुको प्रबर्द्धन गर्न सके बैजनाथको उत्पादनलाई अन्यत्र बिक्री गर्न सकिने बताउदै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो।
प्रमुख अतिथि रोकायले सबैलाई धन्यवाद ब्यक्त गर्दै नौवस्ता औद्योगिक क्षेत्रको ब्यवस्थापनका लागी शनिबार स्थानीय जनता र वडा अध्यक्ष बिच छलफल भएको र पटक पटक सर्बदलिय बैठक बसेर स्थानीय जनताको ब्यवस्थापन सहित नौवस्ता औधोगिक क्षेत्रको कार्य अगाडि बढाउने धेरै प्रयास भएको र अब अन्तिम चरणमा पुगेको र बैजनाथका घरेलु तथा साना उद्योगहरुको पक्षमा स्थानीय सरकार संधै तत्पर रहेको बताउनुभएको भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य कुबेर रिजालले जानकारी दिनुभयो भने उक्त कार्यक्रम स्थानीय माधव रिजालले संचालन गर्नुभएको थियो।