शान्ति सुनार
शनिवार ३ फागुन
बाँके:नेपाली गीत संगीतको बजारमा एकपछी अर्को गीतहरू प्रतिस्पर्धात्मक रुपमा आईरहेको छ।यसैक्रममा लोक दोहोरी क्षेत्रलाई आफ्नो कर्म थलो बनाउन संघर्ष गरिरहेकी विष्णुमाया विश्वकर्माको प्रेम दिवसको अवसरमा प्रेमिल गीत ‘गुलाबैको फूल’ सार्वजनिक भएको छ।
चर्चित सर्जक अमित बाबू रोकायले लेखेको शब्दमा खेमराज रेग्मीले संगीत भरेका छन् भने लोक तथा दोहोरी गायिका विष्णुमाया विश्वकर्मा र खेमराज रेग्मीको सुमधुर आवाजमा सजिएको छ।मालश्री रेकर्डिङ स्टुडियोमा तयार पारिएको गुलाबैको फूल बोलको गीतमा तिलक वलिले संगीत संयोजन गरेका हुन्।
भिडियोमा माया प्रेममा बाँधिएका प्रेमिल जोडिहरुको बिछोड,सामीप्यता र प्रेमिल भावलाई गीतको माध्यमद्वारा पर्दामा देखाउन खोजिएको छ। नरेश सोनिको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा विष्णुमाया बिक र साजन शर्माको प्रेमिल अभिनय देख्न सकिन्छ।ह्यारी कंडेलले छायांकन गरेको उक्त भिडियोको कथा नरेश सोनिले लेखेका हुन भने रबिन बिकले सम्पादन गरेका हुन्।
‘गुलाबैको फूल ‘ म्यूजिक भिडियो विष्णु माया अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको गायिका विश्वकर्माले वताईन।यो समाचार तयार पारिसक्दा सम्म विश्वकर्माको गीत ५९ हजार बढी दर्शक एवम् स्रोताले हेरिसकेका छन्।विश्वकर्माको ‘गुलाबैको फूल’ गीतले यतिबेला चर्चा कमाईरहेको छ। ‘गुलाबैको फूल’ विष्णु मायाको दोस्रो अफिसियल गीत हो ।यसअघि उनको एउटा झ्याउरे गीत बजारमा आइसकेको छ ।
को हुन् विष्णुमाया विश्वकर्मा?
नेपाली गीत संगीत क्षेत्रमा सानै देखि रुचि राख्ने बिस्णुमाया बिश्वकर्माको जन्म जाजरकोट जिल्लामा भएको हो । उनी बाल्यकाल देखि नै संगीत मन पराउथिन र गाउने गर्थिन । विद्यालयमा हुने साना ठूला कार्यक्रममा सहभागी हुने र कहिले प्रथम त कहिले दोस्रो भएर थुप्रै पुरस्कार समेत पाएकि बिस्नुमाया आहिले सफलतामा पुग्न एक दुई खुड्किलो अघि बढेकी छन । साथीहरुको प्रेम र शिक्षकहरुको हौसलाले उनले आफुलाई अगाडी बनाउन सहज भएको बताउँछिन। त्यही हौसला अनुरुप उनी निरन्तर संघर्ष गर्दै गर्दा अहिले आफै गीत गाउने र बजारमा ल्याउन थालेकी छन ।
दुर्गम जिल्ला जाजरकोटबाट गीत संगीतको निम्ति लागि परिरहेकी उनि अहिले बाँकेलाई कर्मथलो बनाएर कर्म गरिरहेकी छन । गायिका विष्णुमाया विश्वकर्मा नेपाली सांगितिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छिन् । जिल्लाहरुमा हुने महोत्सव तथा स्थानीय कार्यक्रम र लाइभ दोहोरीमा स्थापित विष्णुमाया सांगितिक क्षेत्रमा लामो समयदेखि संघर्ष गर्दै आइरहेको रोचक नाम हो।