Thursday, February 13, 2025
spot_imgspot_img
HomeUncategorized"भेरी फ्युचर ई-मी स्कूलमा छात्राका लागि विशेष छुट,सहित गुणस्तरीय शिक्षा"

“भेरी फ्युचर ई-मी स्कूलमा छात्राका लागि विशेष छुट,सहित गुणस्तरीय शिक्षा”

बाँके:”बैजनाथ–५ बनकटवामा रहेको भेरी फ्युचर ई-मी स्कूलले आगामी शैक्षिक सत्रदेखि छात्राहरूलाई २०% छुटका साथै आधुनिक बस सेवा प्रदान गर्दैछ।”
बैजनाथ गाउँपालिका–५, बनकटवामा अवस्थित भेरी फ्युचर ई-मी स्कूलले गत शैक्षिक सत्रदेखि छात्राहरूलाई विशेष प्राथमिकता दिँदै २०% शुल्क छुटको व्यवस्था गरेको छ। साथै, विद्यालयले थप विद्यार्थीहरूको सुविधाका लागि आधुनिक बस सेवा संचालन गर्ने घोषणा गरेको छ।

विद्यालयका प्रबन्धक/व्यवस्थापक थोमस ताम्राकारका अनुसार गुणस्तरीय शिक्षा र सुरक्षित यातायातको अभाव पूर्ति गर्दै बैजनाथको शिक्षामा विद्यालयलाई आधुनिक शिक्षण केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छ। विद्यालयले आधुनिक प्रविधियुक्त कक्षाकोठा, अनुभवी शिक्षक, र नवीनतम शैक्षिक कार्यक्रममार्फत विद्यार्थीलाई व्यावहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अनुसार छात्राहरूलाई शिक्षामा थप सहज पहुँच दिलाउन र अभिभावकहरूलाई राहत दिन विशेष छुटको योजना लागू गरिएको हो। यस कदमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
पुर्ब विद्यार्थी खुशी दलामीका अनुसार विद्यालयमा छात्रालाई २०% प्रतिशत छुट गरेर विद्यालयले छात्रालाई आक्रशन वृद्धि गरेको छ। अतिरिक्त क्रियाकलाप खेलकुद नृत्य तथा गाएनमा अलगै कक्षा संचालन गरेको छ। विद्यार्थी भित्र सुरक्षीत छात्रामैत्री शौचालय निर्माण गरिएको छ। शिक्षकहरुसंघ पढ्दा खेलकुद कार्यक्रममा सहभागी हुँदा सधै सकारात्मक हौसला प्रदान गर्नुहुन्छ ।अझै आगामी दिनहरुमा अझै धेरै नयाँ प्रविधि भित्र्याउन सफल भए यश क्षेत्रकै उत्कृष्ट विद्यालय हुन बाट कसैले रोक्न नसक्ने प्रतिक्रिया दिएकी हुन् । भेरी फ्युचर ई मि स्कुल बैजनाथ ५ बनकटवा ले गत बर्ष देखि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई २०% छुट दिदै आएको छ ।

दलित,पिछडावर्ग,जेहेन्दार,मुस्लिम,चौधरी बिपन्न परिवारका छात्रालाई मासिक शुल्कमा २०% छुट साथै अग्रिम भुक्तानी गर्नेलाई थप १० % छुट शौलियत ४६ जना छात्राले यो सुबिधा उपभोग गरिरहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

कुल ६ सय २७ जना विद्यार्थी अध्ययन गरीरहेको भेरी फ्युचर स्कुलमा कुल शेयर सदस्य २१ जना सहित कुल लागत रु ३ करोड १५ लाख भवन १२ कठ्ठा जग्गा सहित पछिल्लो पटक नयाँ शैक्षिक सत्रका लागि विद्यालय प्रशासनले रु ५ करोड ९७ लाख शेयर वृद्धि गरेको छ। प्रत्यक्ष रोजगारी तर्फ शिक्षक कर्मचारी ४१ जनालाई रोजगारी प्रदान गरेको छ।शिक्षक कर्मचारीलाई पदिय जिम्मेवारी अनुसार नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सेवा सुबिधा उपलब्ध गराउँदै आएको छ। पुस्तकालय बिज्ञान प्रयोगशाला अंग्रेजी प्रयोगशाला गणित प्रयोगशाला अध्यक्ष पुर्ण रसाइली लगाएत २१ जना शेयर सदस्य सहित विद्यालय संचालनमा रहेको छ। उक्त भेरी फ्युचर ई मि स्कुल बनकटवा ले गत बर्ष देखि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई २०% छुट दिदै आएको छ ।     
सहिद,बिपन्न,दलित,जेहेन्दार,मुस्लिम चौधरी,पिछडा परिवारका छात्रालाई मासिक शुल्कमा २०% छुट साथै अग्रिम भुक्तानी गर्नेलाई थप १० % छुट शौलियत प्रदान गरेको छ।विद्यालयमा कुल ६ सय २७ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।आगामी शैक्षिक सत्र देखि गुणस्तरीय शिक्षा सहित नयाँ योजना कार्यान्वयन गर्नेमा विद्यालयका प्रबन्धक निर्देशक थोमस ताम्राकारले जानकारी दिनुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments