बाँके: बैजनाथ गाउँपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीका लागि शुक्रवार बैजनाथ गाउँपालिका ७ पेडारि बाट निस्सा वितरण गर्न सुरु गरीएको छ।
किसान अभियन्ता स्वर्गीय बैजनाथ थारुको घर बैजनाथ गाउँपालिका वडा नम्बर ७ बाट निस्सा वितरण सुरु गरेको हो ।बैजनाथका अध्यक्ष प्रकास बहादुर शाहीले निर्वाचनमा गरेको पहिलो बाचाको काम शुरु गर्नुभएको छ। बैजनाथ ७ पेडारीमा अब्यवस्थित बसोबासी २ सय ७५, भुमिहिन सुकुम्बासी ३ र भुमिहिन दलित २ जनाको परिवार रहेको वडा अध्यक्ष दिनेश थारुले बताउनुभयो ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, भुमी आयोगका अध्यक्ष सर्वणकुमार यादव, बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार थारु लगायतले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई निस्सा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले बैजनाथ सरकार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको पक्षमा रहेको बताउनुभयो । आफुहरुले चुनावमा गरेका वाचा पूरा गर्न बैजनाथ थारुको भुमि किसानको भुमि भएकोले बैजनाथ ७ पेडारी बाट जग्गाको निस्सा बितरण शुरु गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो।