Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयहरिवोधनी एकादशी लालपुर मेलाको तयारी तिब्र

हरिवोधनी एकादशी लालपुर मेलाको तयारी तिब्र

बाँके:बैजनाथ गाउँपालिका ६ लालपुरमा हरिबोधनी एकादशी मेलाको मुल आयोजक समिति संयोजक मेघराज खड्काको संयोजकत्वमा १७ सदस्यीय सहित विभिन्न उप समिति गठन भएका छन् ।
मेला हरेक बर्ष स्वस्फूर्त रूपमा लाग्ने रात्रीकालुन मेलालाई बैजनाथ ६ को न्यु जर्नी युवा क्लब लालपुरको ब्यवस्थापनमा मेला लगाईने भएको छ।
विभिन्न उप समिति यस प्रकार रहेका छन् :-विद्युतको उप समिति संयोजक प्रेम बहादुर ओली सहित ३ सदस्यीय समिति पानी ब्यवस्थापन उप समिति भिम बहादुर ओलि ३ सदस्यीय ,मन्च ब्यवस्थापन उप समिति कृष्ण रिजाल संयोजकत्वमा ३ सदस्यीय ,स्टल ब्यवस्थापन उप-समिति भागिलाल लोहार संयोजक सहित ३ सदस्यीय,युवा ब्यवस्थापन उप- समिति जगत के सि सहित १०१ सदस्यीय त्यसैगरी पार्किङ ब्यवस्थापन उप समिति संयोजक दिपेन्द्र गीरी,सल्लाहकार समिति संयोजक राम कुमार राना
लगाएतलाई जिम्मेवारी प्रदान गरीएको न्यु जर्नी युवा क्लबका कार्यवाहक अध्यक्ष श्याम ओलीले जानकारी दिए ।
हरेक बर्ष हरिबोधनी एकादशिको राती लाग्ने मेलाको संरक्षक बैजनाथ गाउँपालिका रामपुर बाँके रहेको छ । उक्त मेलामा पौराणिक स्थानीय लोक सांस्कृतिक झाँकिहरुको साथमा पिङ्ग झुला १८० ब्यापारीक स्टल रहने छन् ।
ब्यापारीक प्रति स्टल ५ सय देखि रु १ हजार ५ सय सम्म मुल्य निर्धारण गरीएको छ।
मुल आयोजक समिति संयोजक मेघराज खड्का
मुख्य ब्यवस्थापन न्यु जर्नि युवा क्लब बैजनाथ ६ लालपुर
समन्वय/सहकार्य न्यु हरियाली सामुदायिक बन उपभोक्ता समुह रहेको मेला ब्यवस्थापन समिति संयोजक खड्काले जानकारी दिए।
मेला भर्न रोटे पिङ्ग सहित विभिन्न ब्यापारीक स्टल सहित मनोरञ्जनका खेलहरु प्रदर्शन गरिने छन् । स्थानीय लोक संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ मेला मंसिर ७ गते बेलुका ६ बजे बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही द्वारा उद्घाटन गरेर शुभारम्भ गर्ने भएका छन् ।

सबैलाई मनोरंजन गर्न मेला भर्न उपस्थिति भएर भरपुर मनोरंजन लिन विभिन्न स्थानीय तथा राष्ट्रिय कला समेत प्रदर्शन गरिने मुल आयोजक समिति सदस्य श्याम ओलीले जानकारी दिए।

 

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments