Wednesday, February 5, 2025
spot_imgspot_img
Homeराष्ट्रियसत्ताको दुरुपयोग भयो :माधव नेपाल

सत्ताको दुरुपयोग भयो :माधव नेपाल

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमाथि सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

बुधवार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्।

उनले सत्ताबारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताए। उनले संसदको बैठकलाई छलेर र विधेयकहरु समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताए।

अध्यादेश ल्याउन समितिमा विचाराधीन विधेयक पहिले फिर्ता गर्नुपर्ने माग गरे। अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने बताए।

‘सत्ताको दुरुपयोग भइरहेको छ‚ सरकारले संविधानलाई र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ। संसदको बैठक छलेर त्यसमा पनि विधेयकहरु समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ‚ यो नियमविपरीतको काम हो‚’ उनले भने, ‘यस्तो कामहरुको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ। यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ। विधेयक समितिमा विचाराधीन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन।’

अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरुको शुभेक्षा रहेको बताए। थाहा खबर अनलाइन बाट साभार

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments