बाँके:घन नाथ खनाल बैजनाथ गाउँपालिका-१, बाँके निवासी हुनुहुन्छ,जसले नेपालको सामाजिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको जन्म २०२० साल साउन २० गते, बुवा प्रजापति खनाल र आमा मोतीसरा खनालको कोखबाट भएको हो। उहाँ परिवारका ८ भाइमध्येका माइला छोरा हुनुहुन्छ।मन्त्रीपरिसषको २०८१/९/२९ गते को निर्णय अनुसार खनाललाई नियुक्त गरिएको हो।
राजनीतिक यात्रा
उहाँको राजनीतिक यात्रा नेकपा एमाले निकट अनेरास्ववियु सदस्य बाट शुरु भएको थियो। २०३६ साल जेष्ठ २० गते अनेरास्ववियु विद्यार्थी संगठनको सदस्य बाट राजनैतिक यात्रा शुरु भएको हो।लामो समय विद्यार्थी राजनीतिमा सक्रिय खनाललाई २४७ मंसिर १ गते तत्कालीन नेकपा एमालेका नेता स्वर्गीय गणेश रानाको हात बाट नेकपा एमालेको संगठित सदस्यता लिनुभएको थियो।
उहाँ लुम्बिनी प्रदेश कमिटीको सदस्यमा निर्वाचित हुनुका साथै, २०७९ सालको स्थानीय निर्वाचनमा बैजनाथ गाउँपालिका अध्यक्ष पदका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएको थियो।
प्रधानमन्त्री के पि शर्मा ओलीले २०८१ सालमा उहाँ राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो।यो जिम्मेवारीले उहाँको राजनीतिक प्रतिष्ठा र सामाजिक सेवामा समर्पणलाई अझ सशक्त बनाएको छ।
उहाँ सामाजिक न्याय, भूमि सुधार, र समतामूलक समाज निर्माणमा सक्रिय रहनुभएको छ। आफ्नो क्षेत्रमा उहाँ एक परिपक्व नेता र इमानदार व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। उहाँले सधैं जनताको हकहितका लागि आवाज उठाउँदै आफ्नो कर्तव्य पालन गर्दै आउनुभएको छ।
घन नाथ खनालको जीवन नेपाली राजनीति र समाजसेवामा समर्पणको उत्कृष्ट उदाहरण हो। उहाँको योगदानले स्थानीयदेखि प्रदेशस्तरसम्म सकारात्मक प्रभाव पारेको छ।राजनीति गरेको लामो जीवन कालमा खनाल सरोकारवाला निकायमा प्रवेश भने उहाँको जिबनमा यो नै पहिलो हो।
बाँकेमा रहेका ४४ हजार ७ सय भुमिहिन दलित तथा सुकुम्बासीहरुको समस्या समाधान हुने आशा पलाएको छ।
उहाँका अनुसार आगामी ७ गते राष्ट्रिय भुमी आयोग बाँकेले पुर्णता पाउने छ। आफ्नो पहिलो एजेन्डा भुमिहिन दलित पहिलो चरणमा त्यसैगरि क्रमस सुकुम्बासी,अव्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।