बाँके:बैजनाथ गाउँपालिका कार्यपालिका बाट निर्णय गरेर बैजनाथका नागरिकहरुको लागि चोक चौराहा चिया पसल जस्ता सार्बजनिक स्थानहरुमा दाउरा बितरण गरेको छ।
हरेक बर्ष पुस माघको चिसो बाट बच्च आगो ताप्नकालागी दाउरा बितरण गर्दै आएको छ।
शीत लहर संगै चिसो ह्वात्तै बढेपछि।स्थानीय सरकारले बैजनाथका सबै वडाहरुमा २० हजारका दरले दाउरा बितरण गर्ने निर्णय भए लगतै दाउरा बितरण शुरु गरिएको हो।
सामुदायिक बन बाट २० हजार बराबरको दाउरा खरिद गरेर चोक चौराहामा दाउरा बितरण गरिएको छ। सामुदायिक बन नभएका वडाहरुमा स:मिल बाट दाउरा किनेर बितरण गरिएको बैजनाथ ७ का वडा अध्यक्ष दिनेश थारुले बताउनुभयो ।
अत्याधिक चिसो भएकोले अति आवश्यक काम बाहेक बाहिर ननिस्कन स्थानीय सरकारले अनुरोध गरेको छ। यदि निस्कनै परे बाक्लो लुगा लगाएर सुरक्षीत तरिकाले निस्कन अनुरोध गरेको छ।
गेडागुडि को झोल तातो प्रोटिन युक्त खानेकुरा सेवन गर्न बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मन शाहीले जानकारी दिनुभएको छ।उहाँका अनुसार स्वास्थ्यमा कुनैपनी समस्या भए नजिकको स्वास्थ्य केन्द्र अथवा प्राथमिक स्वास्थ्य चौकी बनकटवामा चिकित्सकको परामर्श लिन अनुरोध गर्नुभएको छ।