Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेकपा एकिकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ हुने

नेकपा एकिकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ हुने

बुटवल, माघ ५
नेकपा (एकिकृत समाजवादी) लुम्बिनी प्रदेशको अधिवेशन फागुन २१ गते दाङका घोराहीमा हुने भएको छ ।
लुम्बिनी प्रदेश समितिको शनिबार बुटवलमा बसेको विस्तारित बैठकले अधिवेशनको मिति तय गरेको हो । पार्टीका उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकलाई सम्बोधन गर्दैै उपमहासचिव चौधरीले नेकपा एकिकृत समाजवादी कम्यूनिष्ट विचार र आदर्शबाट अगाडि बढेको बताउँदै देशभर संगठन चुस्त बनाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले केपि ओलीले संसद विघटन गरेर संविधानमाथि नै प्रहार गर्दा आफूहरुकै कारण संसद र संविधान बचेको बताए । उनले आफूहरुले १० औं महाधिवेशनले पारित गरेको कार्यक्रम अनुसार एउटा क्रान्तिकारी कम्यूनिष्ट पार्टी निर्माणमा जुटेको बताए । नेकपा एस लुम्बिनी प्रदेश कमिटिका इन्चार्ज समेत रहेका चौधरीले कोही पनि भ्रममा नपरी समाजवादी कार्यदिशा बोकेर गाउँ गाउँमा खटिन समेत नेता कार्यकर्तालाई आग्रह गरे ।
अधिवेशनले पारित गरेको विधान र कार्यक्रम अनुसार प्रदेश अधिवेशन गर्ने निर्णय गरेको पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । उनले महाविधेशनले संविधानमा लेखिए अनुसार नेपालमै पहिलोपटक नेपाली बिशेषता सहितको समाजवादमा पुग्ने कार्यक्रम ल्याउन सफल भएको बताए । नेपालमा कम्यूनिष्ट पार्टीहरुमध्ये समाजवादी पार्टीले नै पहिलोपटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशा सहितको कार्यक्रम ल्याएको उनले दावी गरे । बैठकले १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिर्पोटिङ, जिल्ला अधिवेशन तथा उपनिर्वाचनको बिषयमा समिक्षा गरिएको पार्टीका लुम्बिनी प्रदेश सचिव अशोक कोइरालाले जानकारी दिए । 
बैठकमा नेकपा एस लुम्बिनी प्रदेहका सह–इन्चार्जहरु अब्दुल हुसेन खाँ, रमा घर्ती,नन्द बन्जाडे,केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, पिताम्बर सारु, भिउमान घर्ती, यादवबहादुर रायमाझी, प्रमेश हमाल, उमा काफ्ले, लक्ष्मी भुसाल लगायतको उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments