बाँके:”जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन्”भन्ने भनाईका साथ बैजनाथका ६९ र ७० बर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई स्थानीय सरकारले न्यानो कपडा फाईबर सिरक बितरण गरेको छ।
आईतवार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले चिसापानी वडा नम्बर १ देखि न्यानो कपडा फाईबर सिरक बितरण शुरु गरेर बैजनाथ ४ बानियाभारमा आएर बितरण सम्पन्न गर्नुभएको हो। अध्यक्ष शाहीले जेष्ठ नागरिक हाम्रा अभिभावक हुन् अभिभावकको स्वास्थ्यको निगरानी गर्नु हाम्रो दायित्व बताउँदै । बालापनमा जसरी आमा बुवाले बच्चालाई हेरचाह गरेर हुर्काउनुहुन्छ। अब त्यसैगरी जेष्ठ नागरिकलाई सम्मान गर्नु आफ्नो दायित्व र कर्तव्य भएको बताउँदै चिसोका कारण कुनैपनी जेष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा बितरण गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेको नेतृत्व गर्ने जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,संचारकर्मी लगाएत यो समाजमा जतिपनी ब्यक्तित्व हुनुहुन्छ त्यो सबै जेष्ठ नागरिकको मेहनतको फल भएको र भोलि कालान्तरमा आफुहरु पनि जेष्ठ नागरिक हुनेभएकोले अहिले आफुहरुले सम्मान गरे मात्र पछि आफुहरुले सम्मान पाउने बताउँदै स्थानीय सरकार जेष्ठ नागरिकको हकहितका लागि सधैं प्रतिबद्ध भएको महिला बालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवालि ढकालले जानकारी दिनुभयो ।
आईतवार बैजनाथ १ वडा चिसापानी २ वडा डिगिया ३ वडा वैरहवा र ४ वडा बानियाभार वडा कार्यालयहरुमा ६९ बर्ष र ७० बर्ष उमेर समुहका बिपन्न परिवारका जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको ४ वडा अध्यक्ष प्रेम बहादुर शाहीले बताउनुभयो ।
वडा अध्यक्ष रुप बहादुर मल्ल राजु रुचाल निखिल बैगार र प्रेम बहादुर शाही लगाएत सामाजिक बिकास समिति संयोजक भुमिसरा राणा लगाएत कार्यपालिका सदस्य रुपा थापा र मन्जु ओली लगाएत जनप्रतिनिधि कर्मचारी स्थानीय जेष्ठ नागरिकहरुको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।