Thursday, February 6, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधिबैजनाथका जेष्ठ नागरिकलाई न्यानो सिरक बितरण

बैजनाथका जेष्ठ नागरिकलाई न्यानो सिरक बितरण

बाँके:”जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन्”भन्ने भनाईका साथ बैजनाथका ६९ र ७० बर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई स्थानीय सरकारले न्यानो कपडा फाईबर सिरक बितरण गरेको छ। आईतवार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय चिसापानी वडा नम्बर १ देखि न्यानो कपडा फाईबर सिरक बितरण शुरु गरेर बैजनाथ ८ टितिहिरियामा गएर न्यानो कपडा फाईबर सिरक बितरण सम्पन्न गर्नुभएको हो। अध्यक्ष शाहीले जेष्ठ नागरिक हाम्रा अभिभावक हुन्। भगवान खोज्न कतै जानुपर्दैन जेष्ठ नागरिक र घरका आमा बुवा लाई सेवा गरे सबैभन्दा ठुलो पुन्य हुने बताउनुभयो । उहाँका अनुसार अभिभावकको स्वास्थ्यको निगरानी गर्नु हाम्रो दायित्व बताउँदै । बालापनमा जसरी आमा बुवाले बच्चालाई हेरचाह गरेर हुर्काउनुहुन्छ। अब त्यसैगरी जेष्ठ नागरिकलाई सम्मान गर्नु आफ्नो दायित्व र कर्तव्य भएको बताउँदै चिसोका कारण कुनैपनी जेष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा बितरण गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेको नेतृत्व गर्ने जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,संचारकर्मी लगाएत यो समाजमा जतिपनी ब्यक्तित्व हुनुहुन्छ, त्यो सबै जेष्ठ नागरिकको मेहनतको फल भएको र भोलि कालान्तरमा आफुहरु पनि जेष्ठ नागरिक हुनेभएकोले अहिले आफुहरुले सम्मान गरे मात्र पछि, आफुहरुले सम्मान पाउने,बताउँदै स्थानीय सरकार जेष्ठ नागरिकको हकहितका लागि सधैं प्रतिबद्ध भएको अध्यक्ष शाहीले बताउनुभयो ।  जेष्ठ नागरिक सम्मान कार्यक्रम जेष्ठ नागरिक हाम्रो प्रेरणा का श्रोत हुनुहुन्छ। उहाँहरुको बिना हामी पनि केही गर्न सक्दैनौं । जेष्ठ नागरिक हाम्रो अभिभावक हुनुहुन्छ । जेष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो दायित्व हो। हामीले सम्मान गरे आगामी पुस्ताले पनि हामीलाई सम्मान गर्नेछन् । स्थानीय सरकारले जेष्ठ नागरिकलाई निशुक एम्बुलेन्स संचालन गरेको छ। निशुल्क स्वास्थ्य बिमा गरेको छ। अझै आवश्यकता अनुसार सेवा सुबिधा थप गर्ने उपाध्यक्ष रोकायले प्रतिबद्धता जाहेर गर्नुभयो ।

आईतवार बैजनाथ १ वडा चिसापानी २ वडा डिगिया ३ वडा वैरहवा र ४ वडा बानियाभार ५ वडा बनकटुवा ७ वडा पेडारि र ८ वडा कार्यालयमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय सामाजिक बिकास समिति संयोजक भुमिसरा राना महिला बालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाल लगाएत सम्बन्धित वडाका अध्यक्ष एवं वडा सदस्य प्रतिनिधि कर्मचारीले आइतबार र सोमबार ६९ बर्ष र ७० बर्ष उमेर समुहका बिपन्न परिवारका जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो ।फोटाे फिचर 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments