बाँके ११ माघ । भारतको महाराष्ट्र राज्यस्थित जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै भएको रेल दुर्घटनामा मृत्यु भएका सात जना नेपाली मध्ये एक जना बाँकेका रहेका छन् । परराष्ट्र मन्त्रालयले भारतको महाराष्ट्र रेल दुर्घटनामा मृत्यु भएका सात जना नेपाली नागरिकको सनाखत भएको जनाएको छ ।
मृतकहरु सुदूरपश्चिम र लुम्बिनी प्रदेशका रहेका छन् । मृत्यु हुनेहरुमा बाँकेको डुडुवा गाउँपालिकाका राधेश्याम राढंगबाट पनि रहेको जनाइएको छ । यस्तै कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्द्रराम, विश्वकर्मा, नन्दराम पद्य विश्वकर्मा, मौसरा कामी विश्वकर्मा, जोक्ला कला कामी रहनुभएको छ ।
दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जनाइएकाृे छ । घाइतेहरुको महाराष्ट्रको जलगाउँ अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माघ ९ गते साँझ महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा ७ जना नेपाली र ५ जना भारतीय नागरिकको मृत्यु भएको थियो ।