बाँके:कोहलपुर नगरपालिका २ स्थित रहेको १३ बिघामा संचालित दोश्रो प्याब्सन कोहलपुर नगर स्तरीय रनिङ्ग शिल्डको उपाधि नगत २५ हजार सहित ग्रीनपिस माध्यमिक विद्यालयले उचाल्न सफल भएको छ।
उक्त खेलकुद प्रतियोगितामा ग्रीनपिस मावि कोहलपुर १२ ले ७ स्वर्ण ५ रजत र ३ कास्य पदक नगत रु २५ हजार सहित बिजेता बनेको हो। त्यसैगरी ५ स्वर्ण ४ रजत र २ कास्य पदक र नगत १५ हजार सहित निम्बल एकेडेमी कोहलपुर ११ उप बिजेता बन्न सफल भएको छ। ५ स्वर्ण ३ रजत र १ कास्य पदक र नगत रु १० हजार सहित वागेश्वरी एकेडेमी कोहलपुर १० तेस्रो स्थान हासिल गरेको प्याब्सन कोहलपुर सचीव मित्रलाल ओलीले जानकारी दिनुभयो ।
आईतवार सम्पन्न भएको प्याब्सन कोहलपुर दोश्रो रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सुर्य ढकाल बिशिस्ट अतिथी कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक ईश्वरी प्रसाद बि क, शिक्षक,विद्यार्थी पत्रकार लगाएत कोहलपुर क्षेत्रका २६ निजि विद्यालयहरुको सहभागी रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले निजि विद्यालयहरुले नै गर्दा शिक्षाका सरकारलाई ठुलो सहयोग पुगेको बताउनुभयो । यसरी नै आगामी दिनहरुमा निरन्तर यसरी नै निजि विद्यालयहरुले शिक्षा मात्र नभएर खेलकुद मार्फत समेत कोहलपुरलाई चिनाउने काम गरेकोले सरकारले निजि विद्यालयहरुले यसरी आफ्नो सामुदायिक उत्तरदायित्व अन्तर्गत गरेको बृहत् खेलकुद प्रतियोगिता कोहलपुरको लागि महाकुम्भ उहाँले बताउनुभयो । यसरी आगामी दिनहरूमा समेत यस्ताखाले कार्यक्रमलाई अझै सभ्य र भब्य बनाउदै निरन्तरता दिन आग्रह गर्नुभयो । सरकारको तर्फबाट आफुले निजि विद्यालयहरुको हककितमा निरन्तर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको प्याब्सन कोहलपुर सचीव ओलीले जानकारी दिनुभयो ।
अन्तमा कार्यक्रमलाई समापन गर्दै प्याब्सन कोहलपुर नगर अध्यक्ष रमेश के सी सहभागी सम्पुर्ण विद्यार्थी खेलाडी शिक्षक विद्यालय लगाएत सहयोग गर्ने सम्पुर्ण संघ संस्था एवं बिजेता उप बिजेता सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामी बर्षमा तेस्रो कोहलपुर नगर स्तरीय प्याब्सन रनिङ्ग शिल्ड आयोजना गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गर्नुभएको थियो।
फोटो फिचर