प्रमिला विश्वकर्मा
कोहलपुर १६ माघ
बाँके:कोहलपुरको न्युरोडमा बुधबार शहिद दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । सचेत युवा कोहलपुरको आयोजनामा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो।कार्यक्रममा स्थानीय बासिन्दा विद्यालयका विद्यार्थी शिक्षक तथा सामाजिक व्यक्तित्वहरू सञ्चारकर्मीकाे उपस्थिति रहेको थियो। राष्ट्रको भूगोल संस्कृति कला र राष्ट्रियता जोगाउनका लागि सहिदहरुले दिएको योगदानको स्मरण गर्दै दिप प्रज्वलन गरिएको युवा सञ्जालका अध्यक्ष रमेश वरले जानकारी दिए। कार्यक्रममा बोल्ने वक्ताहरुले सहिदहरुले राणा शासनका विरुद्ध गरिएको योगदानको चर्चा गरेका थिए ।